सोमबार, मंसिर १० गते २०८१    
images
images

काठमाडौं महानगरको आयमा ७० प्रतिशत प्रगति

सबैभन्दा धेरै प्रगति पर्यटन शुल्कमा

images
बुधबार, जेठ ३ २०८०
images
images
काठमाडौं महानगरको आयमा ७० प्रतिशत प्रगति

सवारी साधन कर (साना), वित्तीय निकायबाट प्राप्त हुने ब्याज र परीक्षा शुल्कमा भने प्रतिशत प्रगति शून्य छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ७ अर्ब ३९ करोड ४० लाख ११ हजार ७१८ रूपैयाँ राजस्व संकलन गरेर ७०.९६ प्रतिशत प्रगति हासिल गरेको छ।

images
images
images

यस वर्षका लागि १० अर्ब ४१ करोड ९५ लाख ४९ लाख रूपैयाँ राजस्व अनुमान गरिएको थियो। संकलित राजस्वमा आन्तरिक आयतर्फ ९०.४५ प्रतिशत, बाँडफाँटबाट प्राप्त हुने रकममा ३३.५० प्रतिशत र अनुदानतर्फ ८६.४५ प्रतिशत प्रगति भएको छ। गएको वर्ष यी शीर्षकमा क्रमशः ७९.७० प्रतिशत, २९.६१ प्रतिशत र ५३.०३ प्रतिशत प्रगति भएको थियो।

images

राजस्व अनुमान ९ अर्ब ८ करोड ७० लाख १३ हजार थियो भने संकलित रकम ५ अर्ब ३७ करोड २३ लाख ६ हजार ५६९ रूपैयाँ थियो। यो लक्ष्यको ५९.१२ प्रतिशत हो।

images

महानगरको आन्तरिक आयमा सम्पत्ति बहाल तथा पट्टाबापतको आयमा लाग्ने कर, सम्पत्ति कर, भूमि कर/मातपोत कर, सवारी कर (साना सवारी साधन), अन्य व्यक्तिगत आन्तरिक अनुदान (जनसहभागिता/लागत सहभागिता/सामाजिक उत्तरदायित्व अन्तर्गतका काममा जम्मा हुने रकम), घरबहाल कर, वित्तीय निकायबाट प्राप्त हुने ब्याजलगायत शीर्षक छन्।

यस्तै पर्यटन शुल्क, अन्य बिक्रीबाट प्राप्त रकम, सेवा शुल्क, न्यायिक दस्तुर, शिक्षा क्षेत्रको आम्दानी, परीक्षा शुल्क, प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सा पास दस्तुर, सिफारिस शुल्क, व्यक्तिगत घटना दर्ता, नाता प्रमाणित दस्तुर, व्यवसाय रजिष्ट्रेशन दस्तुर, प्रशासनिक दण्ड जरिवाना र जफत, धरौटी सदर स्याहा, बेरुजुलगायत शीर्षक छन्।

यी शीर्षकहरुमध्ये सबैभन्दा धेरै प्रगति पर्यटन शुल्कमा भएको छ। यसमा ७ करोड रूपैयाँ अनुमान गरिएकोमा ८ करोड ७१ लाख ८७ हजार ५० रूपैयाँ आय भएको छ। यो लक्ष्यको १२४.५५ प्रतिशत हो। यस्तै पार्किङ शुल्कमा १२४.०४, नक्सापास दस्तुरमा ११२.१८ प्रतिशत, सम्पत्ति बहाल तथा पट्टाबापतको आयमा १११.२८ प्रतिशत आय भएको छ।

बाँडफाँटबाट प्राप्त हुने आम्दानीको सबैभन्दा धेरै आय अपेक्षा गरिएको शीर्षक घरजग्गा रजिष्ट्रेशन दस्तुर हो। यो शीर्षकमा २२ प्रतिशत मात्र प्रगति भएको छ। यो शीर्षकबाट चालु आर्थिक वर्षमा २ अर्ब ५० करोड रूपैयाँ लक्ष्य राखिएको थियो। राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार घरजग्गाको कारोबार कमजोर भएपछि यसको असर राजस्वमा पनि परेको छ।

सवारी साधन कर (साना), वित्तीय निकायबाट प्राप्त हुने ब्याज र परीक्षा शुल्कमा शून्य प्रतिशत प्रगति छ। यस्तै बाँडफाँट भइ प्राप्त हुने अन्त शुल्कमा पनि शून्य प्रतिशत प्रगति छ। यी शीर्षकमा शून्य प्रगति हुनुको कारणबारे विभागका प्रमुख काफ्ले भन्छन्, ‘रिक्सा ठेला साना सवारी साधन शीर्षकमा पर्छन्। यिनीहरु असारमा नविकरण हुन आउने भएकोले अहिले आम्दानी नदेखिएको हो।' उनका अनुसार बैंकमा जम्मा भएको रकमको ब्याज बैंकबाट खातामा जम्मा भएको छैन। यसकारण प्रगति नदेखिएको हो।परीक्षा दस्तुर शिक्षा क्षेत्रको आयमा राखिएकोले परीक्षा शुल्कमा पनि प्रगति नदेखिएको उनले बताए।

राजस्व बाँडफाँट अन्तर्गत सरकारले मूल्य अभिवृद्धि कर र अन्त शुल्कको शुल्क एउटै अंक पठाउने गरेको छ। छुट्याएर नपठाएकाले मूल्य अभिवृद्धि करअन्तर्गत कति प्राप्त भयो, अन्तशुल्कबापत कति प्राप्त भयो भन्न सकिने अवस्था नरहेको उनले बताए। प्राप्त रकम मूल्य अभिवृद्धि करको शीर्षकमा जम्मा भएकाले अन्त शुल्कमा प्रगति शून्य देखिएको उनको भनाइ छ।

बाँडफाँटबाट आय प्राप्त हुने शीर्षकहरुमा, घरजग्गा रजिष्ट्रेशन दस्तुर, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर छन्।

आन्तरिक अनुदानमा समानीकरण, सशर्त अनुदान पुँजीगत शीर्षकमा रकम प्राप्त हुन्छ। यी शीर्षकमा क्रमशः ७५ प्रतिशत, ८६.०४ प्रतिशत र ५०८.४५ प्रतिशत प्रगति छ। अनुदान पुँजीगतमा २ करोड ४१ लाख रूपैयाँ लक्ष्य राखिएकोमा १२ करोड २५ लाख ३२ हजार ९९५ रूपैयाँ प्राप्त भएको छ।


प्रकाशित : बुधबार, जेठ ३ २०८०११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend