मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

१० दिनभित्र जब्दीघाट नजिकै नयाँ पुलको ठेक्का आउँछ, सञ्जय गौतमलाई अनशन तोड्न आग्रह गर्छु : मन्त्री ज्वाला

images
बुधबार, जेठ ३ २०८०
images
images
१० दिनभित्र जब्दीघाट नजिकै नयाँ पुलको ठेक्का आउँछ, सञ्जय गौतमलाई अनशन तोड्न आग्रह गर्छु : मन्त्री ज्वाला

जब्दीघाटको अब बन्ने पुल पनि ४ सय मिटर हाराहारीकै हुने बताइएको छ।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अनशनरत सांसद सञ्जय गौतमलाई अनशन तोड्न आग्रह गरेका छन्। 

images
images
images

बर्दियाको जब्दीघाटमा पुल भत्किएको र त्यसमा पटक-पकट आग्रह गर्दा पनि काम नभएपछि अनशन बसिरहेका सांसद गौतमलाई मन्त्री ज्वालाले नयाँ पुल बनाउनका लागि ठाउँ तय भएको बताउँदै अनशन तोड्न आग्रह गरेका हुन्। 

images
images

'पुलको टेन्डर भयो, काम भयो, केही पेमेन्ट पनि भयो। यो पहिलेको कुरा भयो,' उनले भने, 'अहिले ठेक्का तोड्ने, क्षतिपूर्ति माग्ने प्रक्रिया अघि बढिसकेको छ। ठेकेदार आदालत गइसकेकाले यसबारे धेरै भन्नु परेन।' 

images
images
images

सडक विभागबाट बैशाख २८ गते निर्माण भएर २९ गते नै त्यहाँ मेसिन पठाएर काम सुरू भइसकेको उनले जानकारी दिए। 'प्रक्रिया पुर्‍याएर नयाँ पुलको पनि काम गर्ने तयारीमा थियौँ', उनले भने, 'तर एकजना सांसद अनशन बसेपछि समस्या देखिन गयो। भत्किएको पुल हटाउने काम भइरहेको छ।' 

नयाँ पुल बनाउने विषयमा त्यही बनाउने भन्दा ५/७ सय मिटर माथि पुल बनाउने गरि ठाउँका बारेमा टुंगो लागेको मन्त्री ज्वालाको भनाइ छ। नयाँ पुलका लागि अर्थसँग बजेट सुनिश्चितताका लागि प्रयास गरिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। 'अबको १० दिनभित्र नयाँ पुलको ठेक्का प्रक्रिया सुरू हुने आश्वासन दिन्छु। त्यसैले अनशन तोड्न माननीयलाई आग्रह गर्छु,' मन्त्री ज्वालाले भने।

यो एक ठाउँको मात्र नभइ जहाँ जहाँ समयामा रहेका पुल छन्, तीनलाई बनाउने वा नबनाउने बारेमा मन्त्रालयले ठोस काम गर्नेगरि नीतिगत निर्णय लिन मन्त्रालय अघि बढेको उनको भनाइ छ। 

जब्दीघाटको पुलबारे सांसद अनशन बस्नुअघि नै पुलबारे काम गर्नेबारे धेरै काम भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए। सार्वजनिक खरिदको प्रक्रिया पालना गर्नुपर्ने भएकाले केही समय लाग्न सक्छ तर १० दिन भित्रै टेन्डर निकाल्ने गरि काम भइरहेको उनको भनाइ छ। 

गत वर्ष १०/१२ वटा पुल भत्काएको थियो। त्यसमध्ये अधिकांश बनिसकेको छ। उदयपुर र जब्दीघाटको मात्र बाँकी छ। जब्दीघाटको त प्रक्रियामा गइसकेको भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव अर्जुन थापाले बताए।

निर्माण व्यवसायीको लापरबाही र कमजोरीका कारण जब्दीघाटको पुलमा समस्या आएको उनको भनाइ छ। पुरानो पुल ४ सय ३५ मिटरको थियो भने अब बन्ने पुल पनि ४ सय मिटर हाराहारीकै हुनेछ।


प्रकाशित : बुधबार, जेठ ३ २०८०११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend