मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बुधबार दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा पनि सुधार

बुधबार, जेठ ३ २०८०
बुधबार दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा पनि सुधार

बुधबार २३.३९ अंकले बढेर बजार १८४५.०१ बिन्दुमा पुगेको छ। १८७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८५ करोड ७६ लाख २४ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- निरन्तर ओरालो लागेको सेयर बजारमा यो साता पछिल्लो दुई दिनमा सुधार देखिएको छ। 

यो साताको पहिलो र दोस्रो कारोबारमा ओरालो लागेर मंगलबार ३.२९ अंकले बढेको बजारमा बुधबार पनि सुधार देखिएको हो। सोमबार र मंगलबारको तुलनामा बुधबार कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ।

बुधबार २३.३९ अंकले बढेर बजार १८४५.०१ बिन्दुमा पुगेको छ। १८७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८५ करोड ७६ लाख २४ हजार रूपैयाँको कारोबार भएको छ। २५ कम्पनीको सेयर मूल्य घटेको बजारमा ७ कम्पनीको भने स्थिर रह्यो। 

आइतबार १६.६९ अंकले घटेर १८२१.६४ बिन्दुमा पुगेको बजारमा ९० करोड रूपैयाँको कारोबार भएको थियो भने सोमबार ३.३४ अंकले घटेर १८१८.३१ बिन्दुमा झरेको बजारमा ७२ करोड ४९ लाख ६९ हजार रूपैयाँको कारोबार भएको थियो।

मंगलबार सामान्य वृद्धि देखिएको बजार बुधबार दोहोरो अंकले बढेको हो। मंगलबार ३.२९ अंकले बढेर १८२१.६० बिन्दुमा पुगेको बजारमा ६४ करोड ११ लाख रूपैयाँको कारोबार भएको थियो।

लगानीकर्ताको विश्वास गुमाएको पुँजी बजार पछिल्लो समय लगातार कमजोर स्थितिमा देखिएको छ। सेयर बजारबाट एक वर्षमा ६ अर्बभन्दा धेरै गुमाइसक्दा लगानीकर्ताले विश्वस्त हुने आधार भेटिरहेका छैनन्।

लगानीकर्ता विश्वस्त हुन नसक्दा सेयर बजार निरन्तर ओरालो यात्रामा छ। अर्थमन्त्री प्रकाशशरण महत बजार सुधारका लागि छलफलमा लागे पनि यसको प्रभाव बजारमा पर्न सकेको देखिँदैन। 


प्रकाशित : बुधबार, जेठ ३ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend