शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

मन्दीका कारण उद्योगी व्यवसायीमा घट्दै आत्मविश्वास, अघिल्लो वर्षको भन्दा १ खर्बले घट्यो लगानी प्रतिबद्धता 

images
images
मन्दीका कारण उद्योगी व्यवसायीमा घट्दै आत्मविश्वास, अघिल्लो वर्षको भन्दा १ खर्बले  घट्यो लगानी प्रतिबद्धता 

नयाँ उद्योग व्यवसायमा ऋण माग गर्दै बैंकमा पछिल्लो समय प्रस्ताव पुग्नै छाडेको बैंकहरूले उल्लेख गरेका छन्। भएकै ऋणको भुक्तानी कसरी तिर्ने भन्नेमै उद्योगी व्यवसायीको दाबाब भएकाले नयाँमा खासै उत्साह देखिएको छैन। 

images
images

काठमाडौं- कमजोर आर्थिक गतिविधिको चौतर्फी असर देखिन थालेको छ। पछिल्लो एक वर्षदेखि बजारमा घटेको माग र त्यसैका कारणले समग्र अर्थत्त्रमा आएको शिथिलताको मार अर्थतन्त्रका प्राय: सबै क्षेत्रमा देखिन थालेको छ। 

images
images
images

अर्थतन्त्रमा देखिएको मन्दी, उच्च मूल्यवृद्धि तथा महँगो पुँजीका कारण लगानीकर्तामा पनि उत्साह हराउँदै गएको देखिन्छ। स्वदेशी तथा विदेशी लगानीकर्ताको आत्मविश्वास खस्कँदै गएको तथ्यांकले देखाएको छ। 

images

भएकै उद्योग व्यवसाय राम्रोसँग नचलिरहेको समयमा नयाँ उद्योग व्यवसायको योजना उद्योगी व्यवसायीले सारिरहेका छन्। यसको प्रभाव नयाँ उद्योग दर्ताको तथ्यांकमा देखिएको छ। 

images

उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा २ सय ४८ उद्योग दर्ता भएका छन्। गत वर्षको यही अवधिमा २ सय ६४ वटा उद्योग दर्ता भएका थिए। 

images
images

कोरोना महामारीको गहिरो प्रभावबाट माथि नउठेको गत वर्षको तुलनामा यो वर्ष व्यवसायीको आत्मविश्वास झन् खस्किएको यो तथ्यांकले देखाएको छ।

उद्योग दर्ताको संख्या मात्र होइन उद्योगको आकार वा उनीहरूले गर्नसक्ने लगानी सक्षमता पनि यो अवधिमा घटेको छ। 

उद्योग विभागका अनुसार यो वर्षको १० महिनामा दर्ता भएका उद्योगले १ खर्ब ९२ अर्ब लगानी गर्नसक्ने प्रतिबद्धता गरेका छन्। लगानीको प्रतिबद्धताको ठूलो हिस्सा जलविद्युत् क्षेत्रको हो। ठूलो लगानी हुने जलविद्युत् क्षेत्रका ३९ उद्योगले १ खर्ब १ अर्ब १६ करोड लगानी गर्ने प्रस्ताव गरेका छन्। 

चालु आवको १० महिनामा उद्योगमा आएको लगानी प्रतिबद्धता गत आवको भन्दा १ खर्बले बढी हो। गत आवको १० महिनामा २६४ उद्योगमा २ खर्ब ९३ अर्बको लगानी प्रतिबद्धता आएको थियो।

यो वर्षको १० महिनादेखि लगानीमा खासै उत्साह देखिएको छैन। पहिलो चार महिनामै १ खर्ब ८ अर्बका उद्योग दर्ता भएकोमा पछिल्लो ६ महिनामा जम्मा ८४ अर्बका उद्योग दर्ता भएका छन्। 

गएको आर्थिक वर्षको पछिल्लो ९ महिना चरम दबाबमा रहेको अर्थतन्त्रमा पछिल्लो समय केही क्षेत्रका उद्योग उत्पादन बन्द गर्ने अवस्थामा पुगेका छन्। विशेषगरी निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो उत्पादन कि धेरै कटौती गरेका छन् कि निश्चित युनिट बन्द गरेका छन्। 

हरेक क्षेत्रमा बजारमा माग घट्दा त्यसको प्रभाव भएकै व्यवसाय सञ्चालनमा परेको छ। यस्तोमा नयाँ उद्योग व्यवसायको सुरुवात कठिन हुन्छ। 

राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार पनि अर्थतन्त्रमा चरम शिथिलता रहेको देखाएको छ भने नेपाल राष्ट्र बैंकले क्षेत्रगत मन्दी देखिएको स्वीकार गरेको छ। 

तथ्यांक कार्यालयको तथ्यांकअनुसार मुख्य क्षेत्र पछिल्ला २ त्रैमासदेखि ऋणात्मक भइरहेका छन्। निर्माण, उत्पादनमूलक उद्योग, खानी तथा थोक र खुद्रा व्यापारको क्षेत्रमा मन्दी देखिन थालेको छ। 

आर्थिक मन्दीको असर समग्र लगानी तथा नयाँ उद्योग व्यवसायको सुरुवातमा पनि देखिएको छ।

नयाँ उद्योग व्यवसायमा ऋण माग गर्दै बैंकमा पछिल्लो समय प्रस्ताव पुग्नै छाडेको बैंकहरूले उल्लेख गरेका छन्। भएकै ऋणको भुक्तानी कसरी तिर्ने भन्नेमै उद्योगी व्यवसायीको दाबाब भएकाले नयाँमा खासै उत्साह देखिएको छैन। 

चालु आवको १० महिनामा उद्योगमा आएको क्षेत्रगत लगानी प्रतिबद्धता

चालु आवको १० महिनामा २ सय ४८ उद्योगमा लगानी प्रतिबद्धता भएको छ। जसमा सबैभन्दा बढी उर्जा क्षेत्रमा रहेको छ। उर्जा क्षेत्रका ३९ वटा उद्योगमा १ खर्ब १ अर्ब १६ करोडको लगानी प्रतिबद्धता आएको छ। यसैगरी कृषितर्फ ६ वटा उद्योगमा ९० करोड ७७ लाख रूपैयाँ, आइसीटीतर्फ ९ वटा उद्योगमा ६३ करोड, पूर्वाधारतर्फ एक उद्योगमा १३ करोड ३१ लाख रूपैयाँ, उत्पादनमूलक उद्योगतर्फ ९८ वटामा ३७ अर्ब २७ करोड रूपैयाँ, खनिजतर्फ ४ वटा उद्योगमा ७६ करोड ४७ लाख, सर्भिसतर्फ ४७ उद्योगमा २९ अर्ब ३१ करोड र पर्यटनतर्फ ४४ वटा उद्योगमा २२ अर्ब ६७ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ।

investment.jpg

गत आवको १० महिनामा उद्योगमा आएको क्षेत्रगत लगानी प्रतिबद्धता

गत आवको १० महिनामा २ सय ६४ उद्योगमा लगानी प्रतिबद्धता भएको थियो। जसमा सबैभन्दा बढी उर्जा क्षेत्रमा रहेको थियो। उर्जा क्षेत्रका ४० वटा उद्योगमा १ खर्ब ४४ अर्बको लगानी प्रतिबद्धता आएको थियो। यसैगरी कृषितर्फ २० वटा उद्योगमा ५ अर्ब ८ करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको थियो।

यस्तै आइसीटीतर्फ ११ वटा उद्योगमा १ अर्ब ८९ करोड, पूर्वाधारतर्फ ५ उद्योगमा २ अर्ब २७ करोड रूपैयाँ, उत्पादनमूलक उद्योगतर्फ १ सय वटामा ७१ अर्ब ४० करोड रूपैयाँ, खनिजतर्फ १ उद्योगमा १५ करोड ५७ लाख, सर्भिसतर्फ ४० उद्योगमा ४३ अर्ब ७६ करोड र पर्यटनतर्फ ४७ वटा उद्योगमा २४ अर्ब १९ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको थियो।

investment a.jpg


चालु आव र गत आवको १० महिनामा क्षेत्रगत रुपमा आएको लगानी प्रतिबद्धता चार्टमा :

investment b.jpg

images

प्रकाशित : बुधबार, जेठ ३ २०८००७:५६

प्रतिक्रिया दिनुहोस