शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने

images
बुधबार, जेठ ३ २०८०
images
images
सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने

सिकलसेलका बिरामीले राज्यबाट उपचारका लागि एक लाख रूपैयाँ पाउँदै आएका छन्।

images
images

जानकी- बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने भएको छ। सिकलसेल तथा थालेसेमियाका बिरामीको उपचारमा सहयोग पुर्‍याउनका लागि बीमा गराउन लागिएको कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले बताइन्।

images
images
images

उनले आर्थिक वर्ष २०८०/८१ देखि सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा नगरपालिकाले गर्ने बताइकफ हुन्।  'उपचारका क्रममा सम्पत्ति सकिने अवस्था अन्त्य गर्न नगरपालिकाले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेको छ', उपप्रमुख सुवेदीले भनिन्, 'आर्थिक अवस्था कमजोर भएकै कारण उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नगरपालिका संवेदनशील भएको हुनाले स्वास्थ्य बीमा गरिदिन लागिएको हो।'

सिकलसेलका बिरामीले राज्यबाट उपचारका लागि एक लाख रूपैयाँ पाउँदै आएका छन्। जनस्वास्थ्यमा समस्याका रुपमा रहेको र उपचारका लागि उक्त रकम पर्याप्त नभएको भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा राजन पाण्डेले बताए। ‘सिकलसेल र थालेसेमियाका बिरामीले बाँचुन्जेल उपचार गर्नुपर्ने हुन्छ। उपचार गराउँदा गराउँदै सम्पत्ति सकिने अवस्था छ', उनले भने।

images

डा पाण्डेले सिकलसेलका बिरामीले पाउँदै आएको रकमसमेत अपुग भएको बताए। राज्यले दिने एक लाख रूपैयाँ सकिएपछि सिकलसेलका धेरै बिरामी उपचारबाट बञ्चित भइरहेका छन्। सिकलसेल तथा थालेसेमियाजस्ता रोगबाट ग्रसित रोगी सबैलाई स्वास्थ्य बीमामा समेट्नु पर्नेमा डा पाण्डेको सुझाव थियो।

images

कोहलपुर नगरपालिकामा मात्र सिकलसेलका ११ हजारको परीक्षण गर्दा ९२ जना ट्रेड र एक हजार बढी वाहक फेला परेका छन्। त्यसैगरी, एक सय ५० जना थालेसेमियाका वाहक फेला परेको वडा नं १५ का अध्यक्ष दीपेन्द्र चौधरीले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, जेठ ३ २०८००७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend