सोमबार, असोज ८ गते २०८०    

टेस्लाले पनि विद्युतीय कार बेच्न विज्ञापन गर्ने 

images
टेस्लाले पनि विद्युतीय कार बेच्न विज्ञापन गर्ने 

मस्कले खरिद गर्नुपूर्व ट्वीटरले गरेको कुल आम्दानीको ९० प्रतिशत विज्ञापनबाटै आएको थियो। 

images

काठमाडौं- इन्टरनेटसँग जोडिएका मानिसमध्ये अमेरिकी कम्पनी टेस्ला र कम्पनीका सीईओ एलन मस्कको नाम नसुन्ने मानिस सायदै होलान्। मस्कको अभिव्यक्ति, उनको ट्वीटर खरिद प्रकरण र विद्युतीय कारमा टेस्लाले पाएका चर्चा इन्टरनेटमा चहार्ने सबैको नजरमा परेकै हुनुपर्छ। 

images

त्यसैले एनल मस्क, उनको विद्युतीय कार उत्पादन कम्पनी टेस्ला तथा स्पेस एक्स बारे धेरै मानिसले धेरै कुरा थाहा पाएकै छन्। त्यसमा पनि पछिल्लो सयम विद्युतीय सवारीको दुनियामा टेस्लाको जति चर्चा कुनै पनि कम्पनीको भएकै छैन। 

images

तर अटोमोबाइल बजार यतिधेरै प्रतिस्पर्धी बन्दै गएको छ कि आफ्नो उत्पादनबारे जानकारीसहितको विज्ञापन गर्नै पर्ने हुन्छ। त्यसमा पनि अब विद्युतीय सवारी अग्रपंतीमा देखिँदैछ। 

images

अमेरिकी सवारी उत्पादक कम्पनी टेस्ला विद्युतीय कार मात्रै बनाउने गरि स्थापना भएको कम्पनी हो र उसले विद्युतीय कार उत्पादन गरि विश्वका विभिन्न देशमा बिक्री गरिरहेको छ। पछिल्लो ५/६ वर्षमा टेस्लाले निक्कै चर्चा पायो। संसारभरका मिडियाले स्वस्र्फुत रुपमा टेस्ला र त्यसको उत्पादन बारे कभरेज गरिरहे। 

images

तर अब भने टेस्ला यस्तो अवस्थामा पुगेको छ, उसले पनि आफ्नो उत्पादनको बिक्री बढाउन विज्ञापन गर्ने योजना बनाएको छ। मंगलबार टेस्लाका सेयरहोल्डरहरूको बैठकमा सीईओ मस्कले पहिलो पटक टेस्लाले विज्ञापनमा जानु पर्ने बताएका हुन्। टेस्लाले हालसम्म कुनैपनि प्रकारको विज्ञापन गरेको छैन। 

टेस्लाले सानो खालको विज्ञाउन गर्ने योजना बनाएको मस्कले सेयरहोल्डरहरूसँग बताएका ह्नु। ‘हामीले साना एउटा विज्ञापन गर्ने तयारी गरेका छौं,’ हेरौं त्यसको प्रतिक्रिया कस्तो आउँछ।’ टेस्लाका सेयरहोल्डरहरू मस्क र टेस्ला कम्पनी प्रति निक्कै विश्वस्त देखिएका थिए। 

अस्टिनमा मंगलबार भएको टेस्लाको वार्षिक बैठकमा मस्कले टेस्लाका दुई नयाँ कारको टिजरसमेत प्रस्तुत गरेका थिए। बैठकमा सहभागी सबैजसोले मस्कले ल्याएको विज्ञापन गर्ने योजनामा सहमती जनाएका थिए। उनीहरूले त्यसबारे गरिने कामको सम्पूर्ण अधिकार मस्कमा रहेको पनि बताएका थिए।

अर्बपति सीईओ मस्कले तत्कालका लागि टेस्लाको उत्पादन बिक्री गर्न विज्ञापनकै जरुरत नरहेपनि समयअनुसार आयश्वक रहेको उल्लेख गरेका थिए। यसअघि मस्कले टेस्लाका लागि कुनै विज्ञापन नै नचाहिने त्यो पनि वर्षौसम्मका लागि भन्ने गरेका थिए। 

‘टेस्लाले विज्ञापनका लागि कुनै पैसा तिर्दैन, कुनै उत्पादन ल्याउन पनि खर्च गर्नुपरेको छैन,’ मस्कले २०१९ ट्वीट गर्दै भनेका थिए, ‘त्यसरी हुने खर्च टेस्लाले आफ्नो उत्पादनमा लगाएको र उत्कृष्ट उत्पादन उपभोक्ताले पाएका छनु।’ उक्त वार्षिक बैठकपूर्व दिएको एक अन्तर्वार्तामा मस्कले विज्ञापन खासै केही पनि नभएको बताएका थिए।

एउटा सत्य कुरा के हो भने विद्युतीय कार मात्रै उत्पादन गरिरहेको टेस्ला र मस्कका लागि परम्परागत कार उत्पादक सबैभन्दा ठूलो प्रतिस्पर्धी बनेर खडा हुँदै छन्। परम्परागत कार उत्पादकहरूले विद्युतीय कार उत्पादनमा अर्बौं डलर लगानी गरिसकेका छन् भने त्यस्तै योजना ल्याइरहेका छन्।

परम्परागत कार उतपादकहरूले आफूले बनाएका विद्युतीय कारको आकर्षक विज्ञान गर्न थालि सकेका छन्। उनीहरूले यस्तो विज्ञापनमा ठूलो धनराशि खर्चने गरेका छन्। आफ्नो कार बिक्रीका लागि उपलब्ध नहुँदै परम्परागत कार उत्पादकले विज्ञापन गर्न लागेपछि टेस्ला र मस्कले दबाब महसुुस गरेका हुन्। 

प्रतिस्पर्धा र व्याजदर बढिरहँदा टेस्ला पटक पटक आफ्नो कारको मूल्य घटाउनु पर्ने अवस्थाबाट गुज्रिरहेको छ। यसले टेस्लाको नाफामा कटौती भइरहेको छ। त्यसका बीच पनि टेस्ला परम्परागत कार उत्पादकको तुलनामा उच्च नाफाकै अवस्थामा छ। आफ्नो उपस्थितिलाई बलियो बनाइराख्न मस्क केही पैसा खर्च गरेर विज्ञापनमा जानुपर्ने निस्कर्षमा पुगेका हुन्। 

ट्वीटर खरिद गरेपछि मस्कमा विज्ञापनमा जार्नु पर्ने र त्यसको महत्वबारे थप बोध मस्कलाई भएको हुनुपर्ने सीएनएनले लेखेको छ। मस्कले खरिद गर्नुपूर्व ट्वीटरले गरेको कुल आम्दानीको ९० प्रतिशत विज्ञापनबाटै आएको थियो। 

images

प्रकाशित : बुधबार, जेठ ३ २०८०११:५५

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ