मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

दमेकमा थालियो तामाखानीको अध्ययन

images
बुधबार, जेठ ३ २०८०
images
images
दमेकमा थालियो तामाखानीको अध्ययन
फाइल तस्बिर

खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम् ग्रुपले तामा उत्खननका लागि प्रारम्भिक अध्ययन थालेका हुन्।

images
images

बलेवा- बागलुङको जैमिनी नगरपालिका-३ दमेकको कालापातलमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ। खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम् ग्रुपले तामा उत्खननका लागि प्रारम्भिक अध्ययन थालेका हुन्।

images
images
images

यहाँ यसअघि तामाको उत्खनन हुने गरेका तथ्यका आधारमा प्रारम्भिक अध्ययन सुरु गरिएको वडाध्यक्ष कृष्ण भुजेलले बताए। तामाको सम्भाव्यताबारे खानी विभाग र अनुमतिप्राप्त कम्पनीलाई जानकारी गराइएको थियो। खानीको अध्ययन गरिरहेका दुवै कम्पनीका इन्जिनियरको समूहले काम थालेको हो।

images
images

'यो प्रारम्भिक अध्ययन हो, यहाँ तामा रहे/नरहेको विषयमा खोजी गर्छौँ', शुभम् ग्रुपका निर्देशक अशोक विकले भने, 'प्रारम्भिक अध्ययनको प्रतिवेदनपछि अन्य प्रक्रिया थाल्छौँ ।' प्रारम्भिक अध्ययनका लागि झन्डै छ महिना लाग्ने उनले बताए।

images
images
images

बागलुङकै तित्याङमा तीन वर्षअघि प्रारम्भिक अध्ययन थालेको शुभम् ग्रुपले कोरोना महामारीमा चीनबाट आएको प्राविधिक टोली फर्किएपछि अध्ययन रोकेको थियो। तित्याङमा अध्ययन सकिएकाले दोस्रो चरणको खानी अध्ययन र वातावरणीय परीक्षणको काम सुरु हुने विकले बताए। ग्रुपले म्याग्दीको ओखरबोटमा पनि तामाखानीको अध्ययन गरिरहेको छ। रासस


प्रकाशित : बुधबार, जेठ ३ २०८००५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend