शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

कीर्तिमानी आरोही कामिरिता शेर्पा २७ औँ पटक सगरमाथाको चुचुरोमा 

images
बुधबार, जेठ ३ २०८०
images
images
कीर्तिमानी आरोही कामिरिता शेर्पा २७ औँ पटक सगरमाथाको चुचुरोमा 

सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने कीर्तिमान कामिरिताकै नाममा रहेको छ।

images
images

काठमाडौं- कामिरिता शेर्पा २७ औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन्। शेर्पाले आज बिहान साढे आठ बजे सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ। 

images
images
images

सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने कीर्तिमान कामिरिताकै नाममा छ। यसअघि २६ औँ पटक हुँदा पनि उनी नै सर्वाधिक थिए अहिले पनि उनकै नाममा कीर्तिमान थपिएको छ। 

५३ वर्षिया शेर्पा सोलुखुम्बुको थामे गाउँमा जन्मिएका थिए। सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताको आज २७ औँ पटक पुगेका छन्। 

images

कामीरिता सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए।

images

कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उनकै जिल्लावासी पासाङ दावा शेर्पा छन्। उनी २६ पटक शिखर पुगेका छन्।यस्तै पासाङ दावा पनि २६ पटक सगरमाथाको चुचुरोमा पुगिसकेका छन्।


प्रकाशित : बुधबार, जेठ ३ २०८००४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend