शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

नीति तथा कार्यक्रममा रोजगारीलाई प्राथमिकता दिन सुझाव

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २ २०८०
images
images
नीति तथा कार्यक्रममा रोजगारीलाई प्राथमिकता दिन सुझाव

गठबन्धनको बैठकमा शीर्ष नेताले विदेश पलायन हुने युवालाई रोक्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका हुन्। 

images
images

काठमाडौं- सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने सुझाव दिएका छन्। 

images
images
images

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा प्रकाशरण महतले सरकारको आगामी नीति तथा कार्यक्रम कस्तो ल्याउने भन्नेबारे सुझावका लागि आज आह्वान गरेको गठबन्धनको बैठकमा शीर्ष नेताले विदेश पलायन हुने युवालाई रोक्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका हुन्। 

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डेले भने, 'सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ, गठबन्धन दलका सबैबाट प्रधानमन्त्री र अर्थमन्त्रीले के-के विषयवस्तुमा अघि बढ्ने भनेर सुझाव माग्नुभयो, हामीले पनि त्यहीअनुसार सुझाव दिएका छौँ।'

images

उनले संसद्मा पनि सिद्धान्त र प्राथमिकताबारे सांसदले सुझाव राखिसकेको सन्दर्भ उल्लेख गर्दै बैठकमा कतिपय नेतालाई लेखेरै सुझाव दिने भनेको जानकारी दिए। 

images

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बैठकमा अहिलेको अर्थव्यवस्था र मुलुकको अवस्थाको बारेमा छलफल भएको र प्रणाली सुधार हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

सिंहदबारमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरूको सहभागिता थियो।


प्रकाशित : मंगलबार, जेठ २ २०८०१३:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend