मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

गण्डकी प्रदेशको आर्थिक वृद्धिदर उच्च

मंगलबार, जेठ २ २०८०
गण्डकी प्रदेशको आर्थिक वृद्धिदर उच्च

चालु वर्ष गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदर ३.२६ प्रतिशत हुने अनुमान गरिएको छ।  

काठमाडौं- चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको उच्च आर्थिक वृद्धिदर कायम हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ। चालु वर्ष गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदर ३.२६ प्रतिशत हुने अनुमान गरिएको छ।  

प्रादेशिक लेखा अनुमान सार्वजनिक गर्दै राष्ट्रिय अर्थतन्त्रमा भने बागमती प्रदेशको योगदान उच्च हुने अनुमान गरिएको छ। बागमतीको हिस्सा ३६.८ प्रतिशत रहेको छ। बागमतीको वृद्धिदर भने १.४४ प्रतिशत हुने कार्यालयको अनुमान छ। 

गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा बागमतीको करिब १९ खर्ब ८१ अर्ब हुने अनुमान छ भने सबैभन्दा कम ४.१ को योगदान कर्णाली प्रदेशको उपभोक्ताको मूल्यमा २ खर्ब २१ अर्ब हुने कार्यालयले अनुमान गरिएको छ।

प्रदेशगत रुपमा चालु वर्षमा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब र ८ खर्ब ४९ अर्ब हुने अनुमान छ। कोशीको आर्थिक वृद्धिदर २.० प्रतिशत मात्र कायम रहने अनुमान कार्यालयले गरेको छ। 

त्यस्तै मधेस प्रदेशको जीडीपी ७ खर्ब ७ अर्ब र १.६९ प्रतिशतको वृद्धिदर कायम हुने अनुमान कार्यालयले गरेको छ। 

लुम्बिनी प्रदेशक‍ो जीडीपी ७ खर्ब ६२ अर्ब  र २.०६ प्रितशतको वृद्धिदर कायम हुने अनुमान गरिएको छ। 

कर्णाली प्रदेशको जीडीपीको आकार सबैभन्दा सानो अर्थात् २ खर्ब २१ अर्बमात्र हुने अनुमान गरिएको छ। चालु वर्षमा कर्णालीको आर्थिक वृद्धिदर १.९९ प्रतिशत हुने अनुमान रहेको छ। 

सुदुरपश्चिम प्रदेशको जीडीपी ३ खर्ब ७६ अर्ब र वृद्धिदर १.७८ प्रतिशत हुने अनुमान छ।


प्रकाशित : मंगलबार, जेठ २ २०८०११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend