शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

गण्डकी प्रदेशको आर्थिक वृद्धिदर उच्च

images
मंगलबार, जेठ २ २०८०
images
images
गण्डकी प्रदेशको आर्थिक वृद्धिदर उच्च

चालु वर्ष गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदर ३.२६ प्रतिशत हुने अनुमान गरिएको छ।  

images
images

काठमाडौं- चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको उच्च आर्थिक वृद्धिदर कायम हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ। चालु वर्ष गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदर ३.२६ प्रतिशत हुने अनुमान गरिएको छ।  

images
images

प्रादेशिक लेखा अनुमान सार्वजनिक गर्दै राष्ट्रिय अर्थतन्त्रमा भने बागमती प्रदेशको योगदान उच्च हुने अनुमान गरिएको छ। बागमतीको हिस्सा ३६.८ प्रतिशत रहेको छ। बागमतीको वृद्धिदर भने १.४४ प्रतिशत हुने कार्यालयको अनुमान छ। 

images
images

गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा बागमतीको करिब १९ खर्ब ८१ अर्ब हुने अनुमान छ भने सबैभन्दा कम ४.१ को योगदान कर्णाली प्रदेशको उपभोक्ताको मूल्यमा २ खर्ब २१ अर्ब हुने कार्यालयले अनुमान गरिएको छ।

images
images
images

प्रदेशगत रुपमा चालु वर्षमा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब र ८ खर्ब ४९ अर्ब हुने अनुमान छ। कोशीको आर्थिक वृद्धिदर २.० प्रतिशत मात्र कायम रहने अनुमान कार्यालयले गरेको छ। 

त्यस्तै मधेस प्रदेशको जीडीपी ७ खर्ब ७ अर्ब र १.६९ प्रतिशतको वृद्धिदर कायम हुने अनुमान कार्यालयले गरेको छ। 

लुम्बिनी प्रदेशक‍ो जीडीपी ७ खर्ब ६२ अर्ब  र २.०६ प्रितशतको वृद्धिदर कायम हुने अनुमान गरिएको छ। 

कर्णाली प्रदेशको जीडीपीको आकार सबैभन्दा सानो अर्थात् २ खर्ब २१ अर्बमात्र हुने अनुमान गरिएको छ। चालु वर्षमा कर्णालीको आर्थिक वृद्धिदर १.९९ प्रतिशत हुने अनुमान रहेको छ। 

सुदुरपश्चिम प्रदेशको जीडीपी ३ खर्ब ७६ अर्ब र वृद्धिदर १.७८ प्रतिशत हुने अनुमान छ।


प्रकाशित : मंगलबार, जेठ २ २०८०११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend