मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सेयर बजारमा देखियो सामान्य सुधार, कारोबार रकम भने कमजोर

मंगलबार, जेठ २ २०८०
सेयर बजारमा देखियो सामान्य सुधार, कारोबार रकम भने कमजोर

मंगलबार ३.२९ अंकले बढेर बजार १८२१.६० बिन्दुमा पुगेको छ। १ सय ३६ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६४ करोड ११ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- निरन्तर गिरावट देखिएको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। यो साताको पहिलो र दोस्रो कारोबारमा गिरावट देखिएको बजारमा तेस्रो कारोबारमा भने एकल अंकको सुधार देखिएको हो। 

मंगलबार ३.२९ अंकले बढेर बजार १८२१.६० बिन्दुमा पुगेको छ। १ सय ३६ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६४ करोड ११ लाख रूपैयाँको कारोबार भएको छ। ६३ कम्पनीको सेयर मूल्य घटेको बजारमा १७ कम्पनीको भने स्थिर रह्यो।

आइतबार १६.६९ अंकले घटेर १८२१.६४ बिन्दुमा पुगेको बजार सोमबार ३.३४ अंकले घटेर बजार १८१८.३१ बिन्दुमा झरेको थियो। मंगलबार भने बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ।

लगानीकर्ताको विश्वास गुमाएको पुँजी बजार पछिल्लो समय लगातार कमजोर स्थितिमा देखिएको छ। सेयर बजारबाट एक वर्षमा ६ अर्बभन्दा धेरै गुमाइसक्दा लगानीकर्ताले विश्वस्त हुने आधार भेटिरहेका छैनन्।

लगानीकर्ता विश्वस्त हुन नसक्दा सेयर बजार निरन्तर ओरालो यात्रामा छ। अर्थमन्त्री प्रकाशशरण महत बजार सुधारका लागि छलफलमा लागे पनि यसको प्रभाव बजारमा पर्न सकेको देखिँदैन। 

संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहँदा बजारको अवस्था सुधारोन्मुख देखिँदैन। पुँजी बजार सुधारका लागि सरकारी प्रयास देखिइरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। 

सरकारले आगामी दिनमा लिने नीतिको पर्खाइमा लगानीकर्ता रहेका छन्। सरकारले नयाँ नीतिमार्फत बजारलाई सहज हुने व्यवस्था गरिदिनुपर्ने आवाज संगठित लगानीकर्ताहरूले उठाइरहेका छन्।


प्रकाशित : मंगलबार, जेठ २ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend