शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

मेकइन नेपाल स्वदेशी समिट सुरू

images
मंगलबार, जेठ २ २०८०
images
images
मेकइन नेपाल स्वदेशी समिट सुरू

सम्मेलनमा अहिलेको अवस्थामा आवश्यक सुधार तथा अवसरका बारेमा छलफल हुनेछ।

images
images

काठमाडौं- आन्तरिक उत्पादन तथा औद्योगीकरणका बारेमा बहस र छलफल गर्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघले 'मेकइन नेपाल स्वदेशी समिट २०२३' आयोजना गरेको छ। 

images
images
images

औद्योगीक उत्पादनको वर्तमान अवस्था, सरकारले लिनुपर्ने नीति र बन्नुपर्ने संरचनागत व्यवस्थाका बारेमा उद्योगी व्यवसायी, नीति निर्माता तथा विज्ञहरू एकै ठाउँमा बसेर बहस छलफल गर्ने उद्देश्यसहित परिसंघले सम्मेलनको आयोजना गरेको हो। 

समिटको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले परिसंघसँग मेकइन नेपाल अभियान सञ्चालनका लागि सहकार्य गरिरहेको र यो समिटबाट आउने सुझाव तथा निष्कर्ष अनुसार काम गर्नका लागि तयार रहेको बताए।

images

रोजगारी सिर्जना तथा दिगो आर्थिक विकासका लागि स्वदेशी उत्पादन बढ्नुपर्नेमा सरकार स्पष्ट रहेको उनको भनाइ छ। 

images

नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगकै सहकार्यमा मेकइन नेपाल स्वदेशी अभियान सञ्चालन गरिरहेको छ। आन्तरिक उत्पादन बढाएर स्वदेशमा खपत बढाउने तथा प्रतिस्पर्धी बनाएर विश्व बजारमा निर्यात गर्ने अवस्था बनाउनका लागि यो अभियान चलाइएको परिसंघका अध्यक्ष विष्णु अग्रवालले जानकारी दिए। 

वृहत् रोजगारी सिर्जना तथा बलियो आर्थिक विकासका लागि औद्योगीकरण गर्नैपर्नेमा सबै सहमत भएको र यो अभियान अन्तर्गत परिसंघले विभिन्न नीतिगत तथा संरचनागत सुधारको पहिचान गरेको उनले जानकारी दिए। 

उत्पादन गर्न सकिने र त्यसबाट नेपालले लिनसक्ने लाभका बारेमा तथ्यमा आधारित अध्ययनका आधारमा परिसंघले यस्तो सुझाव सरकारलाई दिइसकेकको उनले बताए।

सम्मेलनका क्रममा अहिलेको अवस्थामा आवश्यक सुधार तथा अवसरका बारेमा छलफल हुने उनको भनाइ छ। 

सांसद तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लले अहिलेको अवस्थामा नेपालले बलियो अर्थतन्त्रका लागि उत्पादन बढाउनुपर्ने बिन्दुमा पुगेको र यस्ता सम्मेलनबाट गर्नुपर्ने सुधारका बारेमा दिशानिर्देश हुने बताए। 

नेता र प्रशासकको निगाहमा नीतिगत व्यवस्था परिवर्तन हुने अहिलेको अवस्थालाई सुधार गर्नका लागि निजी क्षेत्र, सरकार तथा संसदले सुधार गर्नुपर्ने उनको भनाइ छ। निजी क्षेत्रले तथ्यमा आधारित पैरवी, संसद्ले कानून बनाउने तथा सरकारले संरचनागत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।


प्रकाशित : मंगलबार, जेठ २ २०८००५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend