शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

विदेशी मुद्रा घट्नेवित्तिकै आयात रोक्ने नीतिबाट अर्थतन्त्र अघि बढ्दैन : विष्णुकुमार अग्रवाल 

'आन्तरिक उत्पादन बढाउनका लागि औद्योगीकरण नै अन्तिम विकल्प हो'

images
मंगलबार, जेठ २ २०८०
images
images
विदेशी मुद्रा घट्नेवित्तिकै आयात रोक्ने नीतिबाट अर्थतन्त्र अघि बढ्दैन : विष्णुकुमार अग्रवाल 

परिसंघले आयोजना गरेको यो समिटमा आज विभिन्न विषयमा छलफल हुनेछ। विषयतगत सत्रमा हुने छलफलमा स्वदेशी तथा विदेशी विज्ञ तथा सरोकारवालाहरूको सहभागिता हुने छ। 

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले आन्तरिक उत्पादन बढाउनु नै आर्थिक संकटको एकमात्र समाधान भएको बताएका छन्। 

images
images
images

परिसंघको आयोजनामा काठमाडौंमा सुरु भएको 'मेकइन नेपाल स्वदेशी समिट २०२३' को उद्घाटन सत्रमा बोल्दै अग्रवालले गत वर्षदेखि सुरु भएको आर्थिक संकटको मुख्य कारण नै परनिर्भरता भएको बताए। आयातमा आधारित अर्थतन्त्र र त्यसका लागि वैदेशिक मुद्राको संकुचन तीव्र हुँदा लगाइएको आयात प्रतिबन्धका कारणले गर्दा अहिलेको समस्या देखिएको उनको भनाइ छ। 

‘गत वर्ष आयात बढेर एकैपटक २ अर्ब डलर सञ्चिति घटेपछि सरकारल लगाएको आयात प्रतिबन्धका कारणले अर्थतन्त्रमा चरम शिथिलता देखिएको छ। यसले अहिले समग्र अर्थतन्त्र प्रभावित भएको छ। यो किन भयो भने हामीसँग आफ्नो उत्पादन थिएन र आयात गर्नुपर्ने भयो। त्यसैले यसको समाधान भनेको आन्तरिक उत्पादन नै हो’ अग्रवालले भने। 

images

आयात प्रतिबन्धबाट समस्याको समाधान नहुने उनको भनाइ छ। विदेशी मुद्राको संकट हुनेवित्तिकै आयात प्रतिबन्ध लगाउने नीतिले दिगो आर्थिक विकास नहुने उनको भनाइ छ। औद्योगीकरण मार्फत आन्तरिक उत्पादन बढाएर स्वदेशी बजारको मागकै कारणले गर्दा आयात गर्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने उनको भनाइ छ। 

images

परिसंघले आयोजना गरेको यो समिटमा आज विभिन्न विषयमा छलफल हुनेछ। विषयतगत सत्रमा हुने छलफलमा स्वदेशी तथा विदेशी विज्ञ तथा सरोकारवालाहरूको सहभागिता हुने छ। 

परिसंघले मेकइन नेपाल अभियान सञ्चालन गरिरहेको छ। यो अभियानमा अहिलेसम्म ११० वटा उद्योग दर्ता भएको अग्रवालले जानकारी दिए।


प्रकाशित : मंगलबार, जेठ २ २०८००५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend