शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

उद्योगीले उत्पादनमा लगाउनुपर्ने ऊर्जा राजनीतिक नेतृत्वको दैलो चहार्न खर्चनु हुँदैन : स्वर्णिम वाग्ले 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २ २०८०
images
images
उद्योगीले उत्पादनमा लगाउनुपर्ने ऊर्जा राजनीतिक नेतृत्वको दैलो चहार्न खर्चनु हुँदैन : स्वर्णिम वाग्ले 

सांसद तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरूले प्रतिस्पर्धात्मक वातावरणमा काम गर्ने वातावरण बनाउनुपर्ने बताए।

images
images

काठमाडौं-  सांसद तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले दिगो आर्थिक विकासका लागि नीतिगत तथा संरचनागत रुपान्तरण हुनुपर्ने बताएका छन्। 

images
images
images

नेपाल उद्योग परिसंघले आयोजना गरेको 'मेकइन नेपाल स्वदेशी समिट २०२३' को उद्घाटन सत्रमा बोल्दै वाग्लेले अहिलेसम्म नेपालमा नीतिगत तथा अन्य सहुलियतका लागि उद्योगी व्यवसायीहरूले प्रशासनिक तथा राजनीतिक नेतृत्वको दैलो चहार्ने अवस्था रहेको तर यो अन्त्य हुनुपर्ने उनको भनाइ छ। 

‘गुणस्तरीय तथा नवीन उत्पादनका लागि लगाउनुपर्ने ऊर्जा नेता तथा कर्मचारीको अफिस र नेक्सस चहार्ने औद्योगिक रेजिमको अन्त्य हुनुपर्छ। निजी क्षेत्रले पनि यस्तै कुराका लागि पैरवी गर्नुपर्छ’, उनले भने। 

images

उद्योगी व्यवसायीहरूले प्रतिस्पर्धात्मक वातावरणमा काम गर्ने वातावरण बनाउनुपर्ने र यसका लागि नीतिगत र संरचनागत सुधार हुनुपर्ने उनको भनाइ छ। परिसंघको अभियानले यस्तै कुरालाई अघि बढाउनेमा विश्वस्त रहेको उनले बताए।

images

कुन ऐनको कुन दफाले इमानदार भएर पनि काम गर्न दिएको छैन? यस्ता दफा खोजेर सुधारका लागि माग गर्न वाग्लेले परिसंघलाई सुझाव दिए। सबैलाई सहज हुने तथा प्रतिस्पर्धात्मक वातावरण निर्माण हुने नीतिगत व्यवस्था नभएसम्म अहिलेजस्तै नेता तथा प्रशासककै निगाहमा चल्दा अर्थपूर्ण आर्थिक विकास नहुने उनको भनाइ छ।


प्रकाशित : मंगलबार, जेठ २ २०८००५:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend