बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

१४ प्रतिशतले बढ्यो चिकित्सकको परामर्श शुल्क

images
सोमबार, जेठ १ २०८०
images
images
१४ प्रतिशतले बढ्यो चिकित्सकको परामर्श शुल्क

पाँच वर्षसम्मको अनुभव भएका डिएम/एमसीएच तहका चिकित्सकको आठ सय ८० तथा पाँच वर्षभन्दामाथि अनुभव भएका एमडी/एमसीएच तहका चिकित्सकको ९ सय ४० शुल्क निर्धारण गरिएको छ।

images
images

काठमाडौं- नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागु हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ। संघका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागु हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए।

images
images
images

संघले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि  बढाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरंग सेवा शुल्क (ओपीडी) मा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्ने सकिने अख्तियारीलाई मुख्य आधार बनाएर नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको आधारमा शुल्क बढाइएको उनले बताए।

images
images

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क ९ सय ४० देखि ४ सय २० रूपैयाँसम्म तोकिएको बताए। नयाँ शुल्कअनुसार पाँच वर्षसम्म अनुभव भएका एमबीबीए तथा बिडीएस तहका चिकित्सकको शुल्क ४ सय २० र पाँच वर्षभन्दामाथि अनुभव भएकाको ५ सय १५ रूपैयाँ तोकिएको छ। 

images
images
images

यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको ५ सय ९० र त्योभन्दा बढी छ भने ६ सय ७० तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडीएस तहका चिकित्सकको ७ सय ५० र पाँच वर्ष बढी अनुभव भएको ८ सय रूपैयाँ शुल्क तोकिएको छ। 

यस्तै पाँच वर्षसम्मको अनुभव भएका डिएम/एमसीएच तहका चिकित्सकको ८ सय ८० तथा पाँच वर्षभन्दामाथि अनुभव भएका एमडी/एमसीएच तहका चिकित्सकको ९ सय ४० र दस वर्ष भन्दामाथिको अनुभव भएका एमडी/एमएस/एमडीएसका चिकित्सकको ९ सय ४० रूपैयाँ शुल्क निर्धारण गरिएको छ। रासस


प्रकाशित : सोमबार, जेठ १ २०८००६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend