आइतबार, भदौ २३ गते २०८१    
images
images

प्रभुको नाफा र प्रतिसेयर आम्दानी दुवै घट्यो

images
सोमबार, कात्तिक १५ २०७८
images
images
प्रभुको नाफा र प्रतिसेयर आम्दानी दुवै घट्यो

प्रभु बैंकले तीन महिलामा ६३ करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ।

images
images

काठमाडौं-प्रभु बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

images
images
images

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.०३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २९.४९ प्रतिशत घटेको छ। बैंकको नेट फि तथा कमिसन आम्दानी भने समीक्षा अवधिमा २०.२९ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३० करोड ४४ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसाबाट १० रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ४३ पैसामा झरेको छ।

images

असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.८३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४५ पैसा रहेको छ।

 


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०१:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend