शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

चैतमा बढेको घरजग्गा कारोबार बैशाखमा पुनः घट्यो

images
सोमबार, जेठ १ २०८०
images
images
चैतमा बढेको घरजग्गा कारोबार बैशाखमा पुनः घट्यो

चैतमा ४ अर्बभन्दा बढी राजस्व संकलन भएको छ। तर बैशाखमा साढे ३ अर्ब मात्रै राजश्व संकलन भएको छ।

images
images

काठमाडौं- चैतमा बढेको घरजग्गा कारोबार बैशाख महिनामा पुनः घटेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत चैतमा ४९ हजार १ सय ५० लिखत पास भएको थियो। तर बैशाखमा ४२ हजार ४ सय ६१ लिखत पास भएको छ।

images
images
images

फागुनमा देशभरका मालपोत कार्यालयहरूबाट ४० हजार ७ सय ३४ लिखत पास भएको थियो। गत माघमा ४१ हजार ८६ कित्ता किनबेच भएको थियो। मंसिरमा भन्दा पुस महिनामा पनि बढेर ३८ हजार ८ सय ७१ पुगेको थियो। गत मंसिरमा २९ हजार १ सय ८४ रहेको लिखत पास भएको थियो। मंसिर र पुसमा भन्दा माघमा कारोबार बढेपछि फागुनमा पनि बढ्ने अनुमान गरिएको थियो। तर फागुनमा कारोबार घटेको थियो। कात्तिकमा २७ हजार ९ सय ३९ घरजग्गा किनबेच भएको थियो।

चैतमा ४ अर्बभन्दा बढी राजस्व संकलन भएको छ। तर बैशाखमा साढे ३ अर्ब मात्रै राजश्व संकलन भएको छ। फागुनमा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। माघमा घरजग्गा कारोबारबाट ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको विभागको तथ्यांक छ। 

images

पुसमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। मंसिरमा सरकारले घरजग्गा खरिद बिक्रीबाट २ अर्ब ६५ करोड रुपैयाँमात्रै संकलन गरेको थियो। माघ महिनाको घरजग्गाको कारोबारमा पछिल्लो ४ महिनायताकै सर्वाधिक किनबेच भएको थियो। 

images

घरजग्गा कारोबारमा वित्तीय संस्थाहरूले २ खर्ब ३९ अर्ब रुपैयाँ प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा घर जग्गमा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।


प्रकाशित : सोमबार, जेठ १ २०८००५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend