बुधबार, वैशाख ५ गते २०८१    
images
images
images
images

मोटरसाइकल र स्कुटर बजारमा होन्डा र बजाजको टक्कर, यस्तो छ २ वर्षको बिक्री तथ्यांक

साउनमा यामाहा तेस्रो र टीभीएस पाँचौँमा

images
images
मोटरसाइकल र स्कुटर बजारमा होन्डा र बजाजको टक्कर, यस्तो छ २ वर्षको बिक्री तथ्यांक

आव २०७७/७८ मा ३ लाख ४४ हजार ४ सय ९० वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको तथ्यांक छ। यो वर्ष बिक्री संख्यामा ठूलै उथलपुथल भएको छ।

images

काठमाडौं- मोटरसाइकल तथा स्कुटरको बजारमा होन्डा र बजाजबीच कडा प्रतिस्पर्धा देखिएकोे छ। आर्थिक वर्ष २०७६/७७ मा २ लाख ४ हजार ५ सय २९ वटा मोटरसाइकल तथा स्कुटर बिक्री हुँदा होन्डाले ५६ हजार ४ सय ८० वटा र बजाजले ५४ हजार ४ सय ७० वटा मोटरसाइकल बिक्री गरेको थियो। 

images
images
images

त्यस्तै तेस्रो स्थानमा रहेको यामाहाका २०७६/७७ मा ३३ हजार १ सय ७६, टीभीएसका २६ हजार ६ सय ४२ वटा, हिरोका १७ हजार ७ सय ७२ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको थियो। सोही वर्ष रोयल इनफिल्डका ३ हजार ५ सय ३ वटा, सुजुकीका ३ हजार ४ सय ४०, भेस्पा-अप्रिलियाका ५ हजार ५ सय २० वटा, महिन्द्राका २ सय २० वटा, हार्टफोर्डका ८४ वटा र अन्य ब्रान्डका ३ हजार २ सय २२ वटा मोटरसाइकल तथा स्कुटरको बिक्री भएको थियो। 

images

आव २०७७/७८ मा ३ लाख ४४ हजार ४ सय ९० वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको तथ्यांक छ। यो वर्ष बिक्री संख्यामा ठूलै उथलपुथल भएको छ। बजाजले आफ्नो बिक्री संख्या बढाउँँदै ९२ हजार ७ सय १९ वटा मोटरसाइकल बिक्री गरेको थियो। 

images

त्यसैगरि होन्डालाई उछिन्दै यो वर्ष दोस्रो स्थानमा टीभीएस आइपुगेको छ। आव २०७७/७८ मा टीभीएसका ७१ हजार १ सय वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको थियो। सोही वर्ष होन्डा बिक्री संख्याका आधारमा तेस्रो हुन पुगेको हो। कोरोना भाइरस महामारीका कारण दुईपांग्रे सवारीको बिक्री गरेको थियो। 

images
images

आयातकर्ताहरुले माउकम्पनीसँग माग गरेअनुसार मोटरसाइकल तथा स्कुटरको आपूर्ति पाउँन नसक्दा समेत नेपाली बजारमा बिक्री संख्या प्रभावित हुन पुगेको हो। आव २०७७/७८ मा होन्डाका ६२ हजार ३ सय २३ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको थियो।

त्यस्तै यामाहाका ५६ हजार ३ सय ९८ वटा, हिरोका ३७ हजार २ सय ६७ वटा, भेस्पा-अप्रिलियाका ८ हजार ९ सय ५५ वटा, सुजुकीका ५ हजार ६ वटा, रोयल इनफिल्डका ७ हजार ७८ वटा, महिन्द्रा (जावा) का ७ सय ३० वटा, हार्टफोर्डका ३ सय १० वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको तथ्यांक छ। त्यस्तै गरि २ हजार ५ सय ६२ वटा अन्य ब्रान्डका मोटरसाइकल तथा स्कुटर बिक्री भएको थियो। 

नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका सयौं मोडलका मोटरसाइकल तथा स्कुर बिक्री हुँदै आएको छ। हिन्डाका मोटरसाइकल ज्योति समूह अन्तर्गतको स्याकार ट्रेडिङ प्रालिले, बजाजका मोटरसाइकल गोल्छा समूह अन्तर्गतको हंशराज हुलासचन्द एन्ड कम्पनी, यामाहाका मोटरसाइकल एमएडब्लू इन्टरप्राइजेज, हिरोका मोटरसाइकल ज्योति समूह अन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजीएम), टीभीएसका मोटरसाइकल शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले बिक्री गर्दै आएको छ। 

त्यसैगरि जावाका मोटरसाइकल अग्नी समूह अन्तर्गतको अग्नी इनकर्पोरेटेड, सुजुकीका मोटरसाइक विशाल समूह अन्तर्गतको भीजी सुजुकी, रोयल इनफिल्ड र भेस्पा-अप्रिलियाका मोटरसाइकल तथा स्कुटर दुगर समूह अन्तर्गतको विवेक अटोमोबाइल्सले बिक्री गर्दै आएको छ। 

चालु वर्षको पहिलो महिनामा होन्डा र यामाहाको बलियो पुनरागमन

कोरोना सुरु भएपछिको एक वर्ष बजार हिस्सा गुमाएको होन्डाले यो वर्षको सुरुवातमै आक्रामक सुरुवात गरेको छ। २०७७ सालमा २८ प्रतिशतसहित पहिलो नम्बरमा रहेको होन्डा २०७८ मा आउँदा १८ प्रतिशतमा झरेर तेस्रो स्थानमा आएको थियो। तर चालु वर्षको पहिलो महिनामै होन्डाले बलियो पुनरागमन गर्दै बजाजसँगै ३३ प्रतिशत हिस्सा बनाएको छ। 

गएको वर्ष टीभीएसले बजार हिस्सा बढाउँदा चौथो नम्बरमा पुगेको यामाहा यो वर्षको पहिलो महिना साउनमा आउँदा फेरि तेस्रो नम्बरमा पुगेको छ। यामाहाको बजार हिस्ता भने पछिल्लो दुई वर्षदेखि १६ प्रतिशत नै छ। 

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना साउनमा बजाजका ९ हजार ३ सय ८९ वटा, होन्डाका ९ हजार ३ सय ७४ वटा, यामाहाका ३ हजार ९ सय ८० वटा, हिरोका ३ हजार ८ सय ३ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको तथ्यांक छ।

त्यसैगरि टीभीएसका १ हजार ६५ वटा, भेस्पा-अप्रिलियाका ४ सय ४४ वटा र सुजुकीका ४ सय १ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको हो। एक महिनाको अवधिमा २ सय ९० वटा अन्य ब्रान्डका मोटरसाइकल तथा स्कुटर बिक्री भएको बिक्री भएको तथ्यांक छ।  

मोटरसाइकल तथा स्कुटरको माग कोरोना महामारीपछि बढेको छ। सार्वजनिक सवारीबाट संक्रमणको जोखिम बढ्ने आसंकासँगै मोटरसाइकल तथा स्कुटरको बिक्री बढेको हो। 

बजारमा इन्धनबाट चल्ने मोटरसाइकल तथा स्कुटरसँगै विद्युतीय मोटरसाइकल तथा स्कुटरको आयात तथा बिक्री समेत बढ्दै गएको छ।

 

images

प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०४:४९

प्रतिक्रिया दिनुहोस