शुक्रबार, असोज ४ गते २०८१    
images
images

डीभी भर्नेको चाप : एकै दिन पासपोर्ट बनाउन ५ हजारको आवेदन

images
आइतबार, कात्तिक १४ २०७८
images
images
डीभी भर्नेको चाप : एकै दिन पासपोर्ट बनाउन ५ हजारको आवेदन

रोजगारीका लागि जान चाहनेदेखि अमेरिकी डीभी चिठ्ठा भर्न पासपोर्ट अनिवार्य हुँदा राहदानी विभागमा भिड बढेको प्रवक्ता आरनले बताए।  

images
images

काठमाडौं- डीभी भर्ने अवधी सकिन लाग्दा पासपोर्ट बनाउनेहरुको भिड लागेको छ। डीभी भर्न पासपाेर्ट अनिवार्य गिरएपछि इडीभी खुले लगत्तै राहदानी बनाउनेको संख्या बढेकाे राहदानी विभागले जनाएको छ। आइतबार मात्रै ५ हजारले एमआरपीको लागि आवेदन दिएका हुन्।

images
images
images

श्रमका लागि जाने मुलुकमा पनि माग संख्या बढेको तर आइतबारको भिड भने डीभीका लागि भएको राहदानी विभागका प्रवक्ता शरदाराज आरनले जानकारी दिए। ‘यो भिड लामो समय जादैन, डीभीको समय सकिएपछि स्वत: लाइन सकिने छ,’ प्रवक्ता आरनले भने। 

कोरोना माहामारीका कारण वैदेशिक रोजगारीमा जानेको माग केही समय अघिसम्म कम थियो। अहिले कोरोना महामारी नियन्त्रणउन्मुख भएसँगै खाडीलगायत मुलुकबाट रोजगारीको माग बढ्न थालेको छ। रोजगारीका लागि जान चाहनेदेखि अमेरिकी डीभी चिठ्ठा भर्न पासपोर्ट अनिवार्य हुँदा राहदानी विभागमा भिड बढेको प्रवक्ता आरनले बताए।  

रोजगारीको माग बढ्न थालेसँगै वैदेशिक रोजगारीमा जान चाहने युवाको संख्या ठूलो छ। यसका कारण पनि पासपोर्ट बनाउनका लागि सयौँ युवा राहदानी बनाउन विभागमा लाइनमा छन्। आइतबार बिहानैदेखि केशरमहलमा पासपोर्ट बनाउन आवेदन दिनेको भीड व्यवस्थापन कठिन भइरहेको छ।

images


प्रकाशित : आइतबार, कात्तिक १४ २०७८११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend