शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

९ महिनामा ६ लाखले लिए श्रम स्वीकृति, मलेसियाका लागि सबैभन्दा बढी

images
images
images
९ महिनामा ६ लाखले लिए श्रम स्वीकृति, मलेसियाका लागि सबैभन्दा बढी

सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति जारी भएको छ।

images
images

काठमाडौं- चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन्।

images
images
images

गत साउनयता पाँच लाख ४८ हजार ६ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ। यो नयाँ श्रम स्वीकृति र पुनःश्रम स्वीकृति लिनेको संख्या हो।प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेका छन्।

images

गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार चार सय तीन, असोजमा ६२ हजार सात सय छ, कात्तिकमा ७८ हजार तीन सय ७०, मंसिरमा ६८ हजार पाँच सय ६४, पुसमा ६५ हजार चार सय ६४, माघमा ६४ हजार दुई सय ८४, फागुनमा ६१ हजार आठ सय ४५ र चैत महिनामा ६१ हजार चार सय ७८ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्यांक छ।

images

सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति जारी भएको छ। गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ५१.५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५.५ प्रतिशतले वृद्धि भएको छ।

images
images

चैतसम्म तीन लाख ८७ हजार आठ सय ३९ ले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र दुई लाख १७ हजार नौ सय ५९ जनाले पुनःश्रम स्वीकृति लिएका छन्। 

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको छ। चालु आवको नौ महिनामा नौ खर्ब तीन अर्ब ३९ करोड विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो। रासस

images

प्रकाशित : शनिबार, वैशाख ३० २०८००७:४३

प्रतिक्रिया दिनुहोस