बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

सडकमा गुणस्तरहीन काम भएको भन्दै १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा चढे युवक

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख ३० २०८०
images
images
सडकमा गुणस्तरहीन काम भएको भन्दै १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा चढे युवक

सडकमा भइरहेको गुणस्तरहीन काम रोक्न उनले माग गरेका छन्। आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने उनको चेतावनी छ। 

images
images

काठमाडौं- सडकमा बनिरहेको रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै एक युवक बिजुलीको हाइटेन्सन पोलमा चढेका छन्। 

images
images
images

मोरङको बूढीगंगा गाउँपालिका- ७, डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी शनिबार बिहान ६ बजेतिर १ लाख ३२ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको प्रसारण लाइनको पोलको टुप्पोमा चढेका हुन्।

images
images

बूढीगंगा ७ नम्बर वडा कार्यालयदेखि दक्षिणतर्फ जाने सडकमा निर्माण भइरहेको रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै बिजुलीको हाइटेन्सन पोलमा चढेका उनलाई ओराल्ने प्रयास भइरहेको छ। तर उनी भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता नगरेसम्म माथि नै बसिरहने, नओर्लिने अडानमा छन्। 

images
images
images

गुणस्तरहीन काम रोक्न उनले माग गरेका छन्। आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने उनको चेतावनी छ। 


प्रकाशित : शनिबार, वैशाख ३० २०८००६:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend