बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सूचकमा अब्बल तीन लघुवित्त, कुनको सेयर किन्दा के फाइदा?

शनिबार, वैशाख ३० २०८०
सूचकमा अब्बल तीन लघुवित्त, कुनको सेयर किन्दा के फाइदा?

काठमाडौं- चालु आर्थिक वर्ष पछिल्लो ९ महिनामा आइपुग्दा अधिकांश लुघवित्त संस्थाहरूको नाफामा घटेको छ।  एक अर्बभन्दा बढी चुक्तापुँजी रहेका तीन लघुवित्त कम्पनीको सूचकका बारेमा चर्चा गरिएको छ। 

छिमेक लघुवित्त, साना किसान लघुवित्त, जीवन विकास लघुवित्त रहेका छन् तीन मध्ये अधिकांश सूचकमा सबैभन्दा छिमेक लघुवित्त अब्बल देखिएको छ। 

यस अवधिसम्म खराब कर्जा अनुपात बढ्न पुगेका कारण संस्थाहरूको नाफा घटेको छ।  अर्बभन्दा बढी चुक्तापुँजी रहेका छिमेक लघुवित्त रहेको छ। छिमेकले चालु आवको तेस्रो त्रैमाससम्म ८८ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ। त्यस्तै साना किसान लघुवित्तले ५८ करोड ७६ लाख, जीवन विकास लघुवित्त ३२ करोड ९२ लाख नाफा गरेका छन्। 

चैत मसान्तसम्म सबैभन्दा बढी ब्याज आम्दानी आर्जन गर्ने कम्पनीमा छिमेक नै रहेको छ। छिमेकले यस अवधिसम्म २ अर्ब ११ करोडमाथि ब्याज आम्दानी गरेको छ। नाफामा संकुचन देखिएपनि निर्धन उत्थानले पनि यस अवधिसम्म खुद ब्याज आम्दानी भने एक अर्ब ४० करोडमाथि गरेको छ। त्यस्तै साना किसानको १ अर्ब २२ करोड, जीवन विकासको १ अर्ब १९ करोड खुद ब्याज आम्दानी रहेको छ।

चुक्तापुँजीमा सबैभन्दा बढी अब्बल छिमेक लघुवित्त नै रहेको छ। छिमेकको यस अवधिसम्म चुक्तापुँजी २ अर्ब ८३ करोडमाथि रहेको छ। साना किसान लघुवित्तको एक अर्ब ९७ करोड, जीवन विकासको १ अर्ब १८ करोड चुक्तापुँजी रहेको छ।

जगेडा कोष सूचक छिमेक लघुवित्त नै रहेको छ। संस्थाले सो अवधिसम्म जगेडा कोषमा २ अर्ब ३९ करोडमाथि रकम संचित गरेको छ। त्यस्तै, साना किसान लघुवित्तले १ अर्ब ९२ करोड र जीवन विकासले १ अर्ब ९ करोड रुपैयाँ संचित गरेको छ।  

लघुवित्त संस्थाहरूको प्रतिसेयर आम्दानी (इपीएस) र प्रतिसेयर नेटवर्थ वार्षिकीरुपमा परिणत हुने गर्दछ। सो अवधिसम्म सबैभन्दा बढी इपीएस हुने संस्थामा छिमेक लघुवित्त नै रहेको छ। छिमेकको इपीएस ४१.४१ रुपैयाँ रहेको छ। त्यस्तै, साना किसानको ३९.७५ रुपैयाँ, जीवन विकासको ३७.१४ रुपैयाँ रहेको छ। 

त्यस्तै, यता प्रतिसेयर नेटवर्थको आधारमा भने सबैभन्दा बढी अब्बल जीवन विकास लघुवित्त रहेको छ। संस्थाको नेटवर्थ २६१ रुपैयाँ ४५ पैसा रहेको छ। साना किसानको २३८ रुपैयाँ ७७ पैसा, छिमेक लघुवित्तको २३२ रुपैयाँ ८ पैसा रहेको छ। 


प्रकाशित : शनिबार, वैशाख ३० २०८००१:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend