बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

८ अर्ब ५८ करोडको लागतमा २ अस्पताल बन्दै, कुनमा कति लगानी?

images
शनिबार, वैशाख ३० २०८०
images
images
८ अर्ब ५८ करोडको लागतमा २ अस्पताल बन्दै, कुनमा कति लगानी?
images
images

काठमाडौं- काठमाडौंमा दुईवटा ठूला अस्पताल निर्माण हुने भएको छ। काठमाडौं महानगरपालिकाको तीनकुने र बुढानीलकण्ठ नगरपालिकामा अस्पताल निर्माण हुन लागेको हो।

images
images
images

दुईवटा अस्पतालमा कुल ८ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी लगानी हुने भएको छ। काठमाडौंको तीनकुनेमा ३ सय शैय्याको 'काठमाडौं इन्टरनेशनल अस्पताल' र काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-७ हेपाली हाइटमा किओच-काठमाडौं बाल अस्पताल बन्ने भएको हो। 

images
images

काठमाडौं इन्टरनेशनल अस्पताल ५ अर्ब ९३ करोड रुपैयाँ र किओच-काठमाडौं बाल अस्पतालमा २ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। दुबै अस्पताल निर्माणका लागि आवश्कय प्रक्रया सुरु भइसेको छ।

images
images
images

अस्पताल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन सार्वजिनक भइसकेको छ। वन तथा वातावरण मन्त्रालयले दुईवटै अस्पताल निर्माणाक लागि सम्बन्धित ठाउँबाट आएको वातावरणीय प्रभाव मूल्यांकन राय सुझावका लागि सार्वजनिक गरेको छ।

जसमा किओच-काठमाडौं बाल अस्पताल डाक्टर भगवान कोइलाले निर्माण गर्नका लागेका हुन। अस्पताल निर्माणको लागत २ अर्ब ६५ करोड ८१ लाख ८ हजार ६ सय ६६ रूपैयाँ अनुमान गरिएको छ। अस्पताल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट प्रस्तावक भने काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ रहेको छ।

ciztizan 112.jpg

अस्पतालको क्षमता २ सय शय्या हुनेछ। अस्पताल कुल निर्माण क्षेत्र २३ हजार ९ सय ७१ वर्गमिटर हुने रिपोर्टमा उल्लेख छ। अस्तपालत निर्माणमा नकारात्मक प्रभाव न्यूनीकरण गर्नका लागि ५८ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

यसैगरी वातावरणीय अनुगमनका लागि ६ लाख १५ हजार रूपैयाँ, आयोजन सञ्चालन चरणको क्रममा सकारात्मक प्रभाव अभिवृद्धि गर्न ७ लाख रूपैयाँ तथा नकारात्मक प्रभाव न्यूनीकरण गर्नका लागि ५८ लाख रूपैयाँ गरी ६५ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

आयोजनाका लागि कुल वातावरणीय लागत खर्च भने ७१ लाख १५ हजार रूपैयाँ रहने रिपोर्टमा उल्लेख छ। अस्पताल निर्माण गर्ने कम्पनी मुनाफा वितरण नगर्ने गरी दर्ता भएको छ। गैर सरकारी सामाजिक संस्थाका हैसियतमा समाज कल्याण परिषद्‌मा आबद्ध भएको कम्पनी हो। गैरनाफामूलक संस्था भएकाले यसको सञ्चालन सेवामुखी शैलीबाट गरिने समेत रिपोर्टमा उल्लेख छ।

अस्पताल प्रादेशिक अस्पतालको अवधारणमा रहेन छ। केन्द्रीय अस्पताल रहेको प्रदेश बाहेकका बाँकी ६ वटै प्रदेशमा स्थानीय स्वास्थ्य संस्थाहरूसँग समेत सहकार्य गर्ने गरी सुरुमा ५० शय्या क्षमताका बाल अस्पतालहरू विस्तार गर्ने रिपोर्टमा उल्लेख छ।

अस्पताल चक्रपथ नारायणगोपाल चोकबाट २ किलोमिटर उत्तरतर्फ रहेको छ। अस्पतालको भवन आरसीसी फ्रेमको हुनेछ। पाँच तले (भुइँतल्लासहित) भवनको अस्पतालमा १ सय २० वटा कार पार्किङ क्षमता रहनेछ। अपाङ्गता मैत्री संरचनासहित ४ वटा लिफ्ट अस्पताल भवनमा रहनेछ। 

यसैगरी काठमाडौं तीनकुनेमा निर्माण हुने ३ सय शैय्या काठमाडौं इन्टरनेशनल अस्पतालमा ५ अर्ब ९३ करोड ४६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।  भवन बेसमेन्टसहित सात तल्लाको निर्माण हुनेछ। १ सय ५० वटा चार पांग्रे र २ सय वटा २ पांग्रे सवारी पार्किङ क्षमता रहने रिपोर्टमा उल्लेख छ। रिपोर्टमा ओपीडी सेवा वर्ष दिनमा ३ सय दिन र आपतकालीन सेवा ३ सय ६५ दिन नै सञ्चालन हुने उल्लेख छ छ। अस्पतालले भूमिगत पानीदेखि काठमाडौं उपत्याका खानेपानीले वितरण गरेको पानी प्रयोग गर्नेछ।


प्रकाशित : शनिबार, वैशाख ३० २०८००३:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend