आइतबार, भदौ २३ गते २०८१    
images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अनावरण गरियो बुद्ध मूर्ति

images
आइतबार, कात्तिक १४ २०७८
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अनावरण गरियो बुद्ध मूर्ति

अनावरण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्दै अगाडि बढे विश्वमा दिगो शान्ति कायम हुने धारणा राखिन्।

images
images

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको मूर्ति अनावरण गरेकी छिन्। साढे दुई अर्ब रुपैयाँको ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति आइतबार अनावरण गरिएको हो।

images
images
images

मूर्ति म्यान्मारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपले बनाएको हो। बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको थियो। मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ। मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो।

budhha murti anawaran.jpg

अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्दै अगाडि बढे विश्वमा दिगो शान्ति कायम हुने धारणा राखिन्। महाकरुणा बुद्धमुर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सहअस्तित्व तथा समानताको सन्देश विश्वभर फैलाएकोमा सम्पूर्ण नेपालीले गर्वको अनुभुति गरेको उल्लेख गरिन्।

images


प्रकाशित : आइतबार, कात्तिक १४ २०७८१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend