आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

चौँरीपालक किसान भन्छन्- अनुदान पाए व्यावसायिक बन्छौँ 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २९ २०८०
images
चौँरीपालक किसान भन्छन्- अनुदान पाए व्यावसायिक बन्छौँ 

समुद्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइमा रहेको जुगल गाउँपालिकाको निमिल्हा खर्कमा यतिखेर चौँरीको लस्कर देख्न सकिन्छ।

images
images

चौतारा- वर्षमा नौ महिना चौँरीपालनका लागि खर्कमै बिताउने गरेका सिन्धुपाल्चोकका किसानले सरकारले आफ्ना लागि कुनै कार्यक्रम नल्याएको गुनासो गरेका छन्। 

images
images
images

हिमाली भेगका किसानको प्रमुख आयस्रोत चौँरीपालन हो। चौँरीको दूध र छुर्पी बेचेरे नै यहाँका किसानले गुजारा चलाउँदै आएका छन्। खासगरी जिल्लाका जुगल, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको हिमाली भेगका किसान चौँरीपालन गर्दै आएका छन्। जीविकोपार्जनका लागि अन्य स्रोत नभएपछि चौँरीपालन गर्न बाध्य भएको जुगल गाउँपालिका दिपुका म्ङिमालमू शेर्पा बताउँछन्। सरकारले कृषि क्षेत्रमा लगानी गरेको सुने पनि आफूहरूलाई अहिलेसम्म कुनै अनुदान नमिलेको उनले गुनासो गरे। 

images
images

जुगल गाउँपालिका तेम्बाथानका पेरन्जी शेर्पा सरकारले चौँरीपालनका लागि उचित वातावरण सिर्जना गरे आफूहरू व्यावसायिक चौँरीपालन गर्न तयार रहेको बताउँछन्।

images
images

'अहिले त जीवन निर्वाहका लागि मात्र चौँरीपालन गर्दैछौँ', उनले भने 'सरकारको साथ पाए  व्यवसायिकरूपमै चौँरीपालन गर्न तयार छौँ।' शेर्पा एक्लैले ४२  चौँरी पालेका छन्। खर्कमै जन्मिएका उनी विगत ४० वर्षदेखि यही पेसामा छन्। खर्कमा चौँरी चराउनु, हेरचाह गुर्न, दूध र छुर्पीलाई बजार पुर्‍याउनु उनको दैनिकी बनेको छ। 'आम्दानी त खासै छैन, यसबाट घर चलेको छ', शेर्पाले भने।

समुद्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइमा रहेको जुगल गाउँपालिकाको निमिल्हा खर्कमा यतिखेर चौँरीको लस्कर देख्न सकिन्छ। यहाँका किसान त्यही निमिल्हा हुँदै दोङजाङमा, चासीखर्क, ने-पेमाछाल हुँदै सामुद्री सतहबाट तीन हजार आठ सय मिटर उचाइमा अवस्थित जुगल हिमशृङ्खलाको बेसक्याम्प पुम्बासेर्पुसम्म चौँरीगोठ सार्दै पुग्ने गर्छन्। कहिलेकाहीँ गोठमा चौँरीमात्र होइन, मान्छे पनि बिरामी हुने गर्छन्। त्यो समय यहाँ चौँरी र मान्छे दुवैको उपचार स्थानीय जडीबुटीबाटै हुने गर्छ।

किसान म्हिमालमू शेर्पा भन्छन्, 'सरकारले कृषि क्षेत्रमा काम गर्नेलाई अनुदान दिन्छ भनेर सुनेका छौँ, पाएका भने छैनौँ।' उच्च भेगमा आम्दानीको मुख्य स्रोत चौँरीपालन पेसा अहिले व्यवसायभन्दा पनि बाध्यता मात्र बनेको छ। चौँरी, खर्क र आफ्नो परिवारको घेरानै पुस्तौँदेखि चौँरीपालन व्यवसाय गर्दै आएका किसानको दैनिकी हो।

चौँरीको दूधबाट बन्ने चिज, छुर्पी, नौनी, घिउलगायतका परिकारको बजारमा अझै माग बढ्दो छ। एउटै गोठमा कम्तीमा पनि ३० भन्दा बढी चौरी पाल्ने गरेका किसानको उत्पादन लिन व्यापारी खर्क नै पुग्ने गर्छन्। किसानको उत्पादन सस्तोमा किनेर महँगोमा बिक्री गर्ने व्यापारीलाई आर्थिक फाइदा भए पनि चौँरीपालक किसान मारमा छन्। नालुङ शेर्पा आफूले ऋण गरेर चौँरी पालेको तर वर्षौँसम्म पनि ऋणमुक्त हुन नसकेको बताउँछन्।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले भने चौँरीपालक किसानलाई अनुदानका लागि सङ्घ र प्रदेश सरकारसँग पहल गरेको बताए। उनले पालिकाबाट पनि याक खरिदका लागि रु १० लाख विनियोजन गरेको जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, वैशाख २९ २०८००५:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend