बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

तनहुँमा २८ करोड ५९ लाख खर्चेर १२ सिँचाइ योजना निर्माण गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २९ २०८०
images
images
तनहुँमा २८ करोड ५९ लाख खर्चेर १२ सिँचाइ योजना निर्माण गरिँदै

संघको विशेष अनुदान र गण्डकी प्रदेश सरकारले योजना सम्पन्न गर्न बजेट विनियोजन गरेको छ।

images
images

तनहुँ- जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लाका १२ योजनाका लागि स्रोत सुनिश्चितता गरी निर्माणकार्य अघि बढाइएको छ। ती योजना निर्माण गर्नका लागि कुल २८ करोड ५९ लाख रूपैयाँको सम्झौता गरिएको छ। 

images
images
images

आयोजनाका लागि चालु आर्थिक वर्षमा ६ करोड २० लाख बजेट विनियोजन गरिएको छ। संघको विशेष अनुदान र गण्डकी प्रदेश सरकारले योजना सम्पन्न गर्न बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए। उनका अनुसार दुई ठूला आयोजनामा संघ विशेष अनुदानमा मादी नदी नियन्त्रण र गण्डकी प्रदेशको बजेटमा मादी नदी नियन्त्रण कार्यक्रम रहेको छ। संघ सरकारबाट मादी नदी नियन्त्रणमा १७ करोड ९८ लाख र गण्डकी प्रदेशबाट दुई करोड ६६ लाखमा सम्झौता भएको छ। 

images
images

चालू आवमा क्रमशः चार करोड ५० लाख र २० लाख बजेट विनियोजन भएको छ। ती आयोजनाको क्रमशः २०७९ फागुन ९ र २०७९ जेठ ६ गते सम्झौता भई क्रमशः २०८१ भदौ ८ र २०८० जेठभित्र सम्पन्न गर्ने योजना छ।
 
त्यसैगरी डुम्रेबेँसी सिँचाइ योजनामा तीन करोड ८१ लाख, पहाड खोला बस्ती संरक्षण कार्यका लागि एक करोड ८५ लाख, छाब्दीफाँट सिँचाइ योजनामा ७३ लाख, सेराफाँट सिँचाइ योजनामा ६३ लाख, कोल्पाटा लिफ्ट सिँचाइ योजानमा ५२ लाख र तालेफाँट सिँचाइ योजनामा ४० लाखमा ठेक्का सम्झौता भई काम सुरु गरिएको छ। 

images
images
images

त्यसैगरी अर्चले गाउँ र बिलौनी गाउँ पहिरो नियन्त्रण, मादीखोला ठूलो कुलो सिँचाइ र साँघेखोला डुम्रे सुपरी तटबन्धन कार्यका लागि चालु आवमा १० लाखका दरले बजेट विनियोजन गरी निर्माण भइरहेको कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईँले जानकारी दिए। उक्त योजना २०७७ साउन २८ गते ठेक्का सम्झौता भई २०८१ भदौ ८ गतेसम्म सम्पन्न गर्ने योजना छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २९ २०८००५:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend