सोमबार, असोज ८ गते २०८०    

भक्तपुरमा टाटा मोटर्सको नयाँ शोरुम 

images
भक्तपुरमा टाटा मोटर्सको नयाँ शोरुम 

नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्सले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्सको पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन्।

images

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरुको विशेष सेवाको लागि भक्तपुरमा नयाँ शोरुमको सञ्चालनमा ल्याएको छ।

images

सिप्रदी ट्रेडिङका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब. राणा तथा टाटा मोटर्स लिमिटेडका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रद्वारा संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन भएको हो। 

images

नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्सले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्सको पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन्। ग्राहकहरुलाई बिक्रीपश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्य स्वरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन्।

images

नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब. राणाले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकहरुलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए। साथै उक्त नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गर्ने समेत जानकारी गराए। 

images
New Tata Motors Showroom Bhaktapur.jpeg

सोही अवसरमा टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले पनि ग्राहकहरुको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि  आफ्नै शोरुमहरु थप्दैे लगेकोे कुरा व्यक्त गरे।

उनले ग्राहकहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न नयाँ शोरुमहरुको भूमिका महत्वपूर्ण हुने र यसै क्रममा सिप्रदी ट्रेडिङले ग्राहकहरुलाई विश्वसनीय मात्र नभइ उच्चस्तरीय सेवाप्रदान गर्ने कुरामा आपूmहरु विश्वस्त भएको कुरा समेत जानकारी गराए। 

उनले अब नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरु सहित सुविधा सम्पन्न विद्युतीय तथा आईस सेग्मेन्टका गाडीहरु सुलभ रुपमा ग्राहकहरुसम्म पहुच हुने कुरासमेत व्यक्त गरे।

ग्राहकहरुको पूर्णसेवा र सन्तुष्टिका लागि टाटा मोटर्सले उनीहरुको चाहना एवं माग अनुरुप कार्य गर्न सदा तत्पर छ। निकट भविष्यमा पनि विभिन्न ब्राण्डहरु सहित ग्राहकहरुलाई विशेष अनुभूति प्रदान गरि उच्चस्तरीय सेवाका लागि टाटा मोटर्स सदा प्रतिबद्ध रहेको कुरा सिप्रदी टेड्रिङले स्पष्ट पारेको छ।

images

प्रकाशित : बिहीबार , वैशाख २८ २०८००४:०१

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ