आइतबार, वैशाख ३० गते २०८१    
images
images

जेठमा निक्षेपको ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय, ऋणको ब्याजदर भने घट्ने

images
images
images
जेठमा निक्षेपको ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय, ऋणको ब्याजदर भने घट्ने

निक्षेपको स्थिर भए पनि जेठमा वाणिज्य बैंकहरुले ऋणको ब्याजदर भने घटाउने छन्।

images
images

काठमाडौं- वाणिज्य बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर घटबढ नगर्ने भएका छन्।

images
images
images

नेपाल बैंकर्स संघ (एनबीए) को बिहीबार बसेको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। बैशाखमा भने ९.९९ प्रतिशतमा झारिएको थियो। 

images

वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुगेको थियो। बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि निक्षेपकर्तालाई आकर्षित गर्न बैंकहरुले ब्याजदर बढाएका थिए। गत माघमा ब्याजदर घटाएर ११ प्रतिशतमा झारिएको थियो। त्यसपछि बैशाखदेखि ९.९९ प्रतिशतमा झारिएको थियो।

images

अहिले बैंकहरुको संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम छ।

images
images

निक्षेपको स्थिर भए पनि जेठमा वाणिज्य बैंकहरुले ऋणको ब्याजदर भने घटाउने छन्। राष्ट्र बैंकको सोमबार जारी भएको निर्देशनसँगै ऋणको ब्याजदर जेठ १ देखि नै घट्ने भएको हो। बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने नियमसँगै जेठबाटै बैंकहरूले ऋणको ब्याजदर घटाउने भएका छन्।  

‘इजाजतप्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयन गर्न सोमबार परिपत्र गरेको थियो।

बैंकहरूले गत बैशाख १ गतेदेखि लागु हुने गरी मुद्दतीको ब्याजदर ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झारेका थिए। निक्षेपको ब्याज घटे पनि ऋणको घट्नका लागि साउन १ कुर्नुपर्ने थियो। जेठ १ देखि १.५० प्रतिशतसम्म ऋणको ब्याजदर घट्ने भएको हो। अहिले पनि बैंकहरूले १३ प्रतिशतमै आवास कर्जा दिन थालिसकेका छन्। अब राष्ट्र बैंकको निर्देशनले पुराना ऋणीहरूको पनि ब्याजदर घट्ने छ। 

अहिले आधारदरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने छ। यसअघि ६ प्रतिशतसम्म गर्ने निर्णय भएको थियो। चैतदेखि नै नयाँ ऋणीको ब्याजदर घट्ने थालेको भए पनि बैशाखदेखि पुराना ऋणीको ब्याजदर २ प्रतिशतसम्म घटेको थियो।  अहिले पनि ऋणको ब्याजदर १५ प्रतिशत भन्दा माथि रहेको छ। अव जेठ १ गते देखि १४ प्रतिशतभन्दा तल आउन सक्ने छ। 

images

प्रकाशित : बिहीबार , वैशाख २८ २०८००९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend