बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

आरजु राईस मिलकाे चामल बिक्री सुरु, भारतीय धानकाे प्रयाेग नगर्ने 

images
बिहीबार , वैशाख २८ २०८०
images
images
आरजु राईस मिलकाे चामल बिक्री सुरु, भारतीय धानकाे प्रयाेग नगर्ने 

अहिले पनि लङग्रेन चामल भारतबाट ८० प्रतिशत आयात हुने गरेको छ। रामधानलाई प्रशाेधन गरि लङग्रेन चामल उत्पादन गरिएकाेले भारतीय उत्पादनकाे लङग्रेनभन्दा यो छाेटाे रहेकाे छ।

images
images

काठमाडौं- आरजु राईस मिलकाे चामलकाे बिक्री सुरु भएकाे छ। बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतकाे लगानी रहेकाे आरजु राईस मिलबाट उत्पादन भएकाे चामलकाे बिक्री सुरु गरिएकाे हाे। 

images
images
images

बस्नेतले लामाे समयदेखि किसानहरुलाई विराटनगरमा सयौँ बिगाहा जमिनमा कृषकहरुसँग मिलेर धान उत्पादन सुरु गरेका थिए। नेपालमा अझ साेही जमिनमा उत्पादन भएका धानलाई आरजु राईस मिलमार्फत प्याकिङ गरेर बिक्री गर्न सुरु गरिएको हो।उक्त मिलले जिरा मसिनाे र लङग्रेन चामल उत्पादन गरेकाे छ। 

images
images

अहिले पनि लङग्रेन चामल भारतबाट ८० प्रतिशत आयात हुने गरेको छ। रामधानलाई प्रशाेधन गरि लङग्रेन चामल उत्पादन गरिएकाेले भारतीय उत्पादनकाे लङग्रेनभन्दा यो छाेटाे रहेकाे छ।

images
images
images

कुशावासमती पनि अर्काे वर्षदेखि सुरु गरिने कम्पनीले जनाएकाे छ। आरजु राईसले झापा, माेरङ र सुनसरीका किसानलाई मल, बीउहरु दिएर उत्पादनमा जाेडिएकाे छ।

आरजु राईसले कनिका फ्रि उत्पादन गरिरहेकाे समेत जानकारी दिएकाे छ। ४ मेट्रिक टन प्रतिघन्टा चामल उत्पादन गर्ने क्षमता आरजु मिलकाे रहेकाे छ। माेरङका कृषक दिव्यराज खतिवडाले आरजु राईस मिलले कृषकलाई केही आशा थपेकाे बताए। पुरातनवादी साेचबाट उत्पादन भइरहेकाे काम अहिले प्रविधि र व्यावसायिक हुँदै गएकाे समेत उनले बताए। ´राम्राे समर्थन मूल्य पाएकाेले कृषक आकर्षित भएका छन्,' खतिवडाले भने।

चैते धानलाई नौ सय र असारे धानलाई १२ सय रूपैयाँ ताेकिएकाे छ। विगतमा मूल्य ताेकिए पनि बिक्री नहुने अवस्था रहेकाे भए पनि अहिले आरजु राईसले खरिद गर्दा सहज भएकाे कृषक खतिवडाले बताए। 

काेशी प्रदेशका उद्योग कृषि मन्त्रालयका सचिव मेघनाथ तिमिल्सिनाले आरजु राईसले सुरु गरेकाे माेडल सरकारलाई पाठ भएकाे बताए। 'सबै क्षेत्रमा याे माेडल गर्न सकियाे भने किसानकाे आम्दानीसँगै आयात प्रतिस्थापन हुने छ,' तिमिल्सिनाले भने। 

आरजु राईस मिलका कार्यकारी अध्यक्ष बस्नेतले नेपालका राईस मिलकाे समस्या हुँदा किसानकाे धान समेत बिक्री नहुने अवस्था रहेकाे बताउँदै अहिले आरजु राईस मिलले लिएर सहजीकरण गरेकाे बताए।

अहिले ४ हजार बिगाहा जमिनमा धान उत्पादन गरेर आरजु राईस मिलमार्फत आरजु चामल बिक्री सुरु गरिएको उनले बताए। अहिले लङग्रेन प्रतिकेजी १ सय ३० रूपैयाँ तोकिएको उनले जानकारी दिए। 'सस्ताे मूल्यमा गुणस्तरीय चामल उपभोक्तामाझ लिएर आएका छौँ,' बस्नेतले भने। बस्नेतले भारतकाे धान प्रयाेग नगर्ने समेत बताएका छन्। आरजु राईस मिललाई माेडलकाे रुपमा प्रयाेग गरिरहेकाेले अब यसलाई पूर्वमा मात्रै २ वटा मिल थप्ने याेजना रहेकाे उनले बताए।


प्रकाशित : बिहीबार , वैशाख २८ २०८००७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend