आइतबार, भदौ २३ गते २०८१    
images
images

नयाँ उचाइतर्फ नेप्से, सेयर धितोको सीमा हट्ने हल्लाले बजारमा उछाल

images
आइतबार, कात्तिक १४ २०७८
images
images
नयाँ उचाइतर्फ नेप्से, सेयर धितोको सीमा हट्ने हल्लाले बजारमा उछाल
images
images

काठमाडौं- नयाँ रेकर्डतर्फ अगाडि बढेको सेयर बजारमा साताको पहिलो दिनमै उछाल आएको छ। ५५.५० अंक बढेर २८३७.६२ अंक छोएको छ।

images
images
images

गत अघिल्लो साता कारोबार भएको सबै दिन हरियाली भएको सेयर बजारमा यो साताको आइतबार पनि उछाल आएपछि सेयर विश्लेषकहरूले नयाँ रेकर्डतर्फ जाने संकेत गरेका छन्। ३२ सयबाट फर्किएको बजार २५१४ अंकबाट पुन: लगातार बढी रहेको छ। 

दुई सातामै ३२३ अंकको सुधार आएपछि लगानीकर्ताहरू समेत उत्साहित देखिएका छन्। कारोबार रकम खुम्चिएर १ अर्ब ५० करोडमा सीमित भएको थियो। तर आइतबार कारोबार रकम पनि ७ अर्ब ८२ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ। अधिकांश सूचक बढेको छ। बैंक तथा वित्तीय संस्था, हाइड्रो, माइक्रोफाइन्सतर्फ बढेको छ।  

१ सय ६२ कम्पनीको सेयर बढ्दा २३ कम्पनीको भने घटेको छ। लाभांश घोषणा कम गरेपछि अन्य बैंकको बढ्दा पनि एभरेष्ट बैंकको घटेको छ।

images

लगानीकर्ताहरू राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षामा पर्खाइमा समेत रहेका छन्। सेयर कर्जामा ल्याएको ४ करोड र १२ करोड नीतिमा संस्थागत लगानी कर्तालाई त्यो सीमा हट्ने हल्ला समेत चलाइएको छ। जसका कारण पनि सेयर बजारमा उछाल आएको छ।

अर्कोतर्फ निक्षेपको ब्याजदरमा राष्ट्र बैंकले लगामले समेत लगानीकर्ताहरू सकारात्मक बनेका छन्। जसका कारण पनि लगातार सेयर बजार बढीरहेको छ। 


प्रकाशित : आइतबार, कात्तिक १४ २०७८०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend