बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती, वार्षिक २० लाखसम्मको कारोबार

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २८ २०८०
images
images
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती, वार्षिक २० लाखसम्मको कारोबार

विजयराज पन्तले हाल झण्डै डेढ बिघा जग्गामा श्रीखण्ड, रक्तचन्दन र अगरउडको खेती गरेका छन्। 

images
images

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन्। उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन्।

images
images
images

विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय छन्। 'कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखेँ', उनले भने। पन्तले २०७२ सालमा नेपाल चन्दन प्रालि फार्म खोले। वन विभागको अनुमति लिएका पन्तले भने, 'रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन।'

images
images

काठमाडौंमा छँदा विभिन्न बालीका विषयमा अनुसन्धानसमेत गरेका पन्तले सन् २०१६ मा दक्षिण भारतबाट तालिमसमेत लिए। हाल उनले झण्डै डेढ बिघा जग्गामा श्रीखण्ड, रक्तचन्दन र अगरउडको खेती गरेका छन्। 

images
images
images

'वार्षिक १८ लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबार हुन्छ', पन्तले भने। महेन्द्रनगरेको भासीमा एक बिघा जमिन भाडामा लिएर उनले खेती गर्न थालेका छन्। पन्तले भने, 'व्यवसाय बढाउन जिल्ला वन कार्यालयदेखि प्रदेश सरकारसम्म धाए पनि कुहीँकतैबाट सहयोग प्राप्त भएन।'

सुदूरपश्चिममै पहिलोपटक श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्न थालेका पन्तले उत्पादन गरेका बिरुवा स्थानीय बजार, संघसंस्थाका साथै वन कार्यालयले खरिद गर्ने गरेका छन्। 'श्रीखण्डको भित्री काठ अहिले तीन हजार पाँच सयदेखि चार हजार रूपैयाँ सम्ममा बिक्री हुने गरेको छ', उनले भने, 'रक्तचन्दनको कारोबार भने हालसम्म यहाँ भएको छैन।'

सुरुवातमा खेती गर्ने उद्देश्यले व्यवसाय थालिए पनि पछि जमिन नपाउँदा नर्सरी बनाएर बिरुवा उत्पादनमा लागेको पन्त बताउछन्। 'अहिले खेतीबाट भएको मुनाफाको ५० प्रतिशत दिने गरी जमिन भाडामा लिएको छु', उनले भने। महेन्द्रनगरकै उल्टाखाममा अर्का एक किसानले पनि आठ कठ्ठामा यो व्यवसाय सुरुवात गरेका उनले जानकारी दिए। 

कृषिमा आधारित व्यवसाय गरेर आत्मसन्तुष्टि मिलेको उल्लेख गर्दै पन्तले कानूनीरूपमा स्वीकृति लिएर व्यवसाय गर्न कुनै समस्या नरहेको बताए। उनले आफ्नो फार्ममा एक जनालाई रोजगार दिएका छन्। व्यावसायिक कृषिले आर्थिक अवस्थामा सुधार आउनसक्ने सम्भावना धेरै भए पनि त्यसतर्फ खासै ध्यान पुग्न नकसकेको उनको भनाइ छ। 

बिरुवा उत्पादन भए पनि बजारको अभाव रहेको पन्तले बताए। सुरुवातमा तीन लाखको लगानीमा खेती सुरु गरेका उनले बिरुवा उत्पादन बढाउँदै लैजाने योजना रहेको बताए। ६ वर्षअघि रोपेका चारसय रक्तचन्दन र श्रीखण्डका बिरुवा हाल हुर्किरहेका छन्।

धार्मिक कार्यमा रक्तचन्दन र श्रीखण्डको बढीजसो प्रयोग गरिन्छ। रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुने पन्त बताउछन्। एक बिरुवाको तौल तीन क्विन्टलदेखि पाँच क्विन्टलसम्म हुनुका साथै विभिन्न किसिमका आयुर्वेदिक औषधि उत्पादनमा यसको प्रयोग हुने गरेको छ। श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन गर्न सकिन्छ। रासस 


प्रकाशित : बिहीबार , वैशाख २८ २०८००६:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend