बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

काठमाडौं महानगरपालिकाले माग्यो आगामी बजेटका लागि सुझाव

images
बिहीबार , वैशाख २८ २०८०
images
images
काठमाडौं महानगरपालिकाले माग्यो आगामी बजेटका लागि सुझाव

२३ वटा शीर्षकमा सुझाव पठाउन सकिने छ। सुझाव दिने व्यक्तिले कति वटा सुझाव प्राप्त गरे भन्ने विवरण पनि हेर्न सकिने महानगरले जनाएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रमका लागि सुझाव मागेको छ। अनलाइनमार्फत बजेटबारे सुझाव पठाउन सकिने महानगरले जनाएको छ। जसका लागि महानगरले बुधबार सामाजिक सञ्जालमार्फत क्यूआर कोर्डसमेत सार्वजनिक गरेको छ ।

images
images
images

अनलाइन सुझाव संकलन पोर्टलमा महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन-कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला? कस्ता कार्यक्रम राख्नु पर्ला? बजेटको कस्तो व्यवस्था गर्नुपर्ला? लगायत सहरी विकास र व्यवस्थापनसम्बन्धी शीर्षक र उपशीर्षक राखिएको महानगरले जनाएको छ।

images
images

शीर्षकसँग सम्बन्धित या शीर्षकले समेट्न नसकेको भए त्यही क्षेत्रको अन्त्यमा राखिएको अन्यमा गएर आफ्ना सुझाव र सुझावसँग सम्बन्धित कागजात अपलोड गर्न सकिने व्यवस्था गरिएको महानगरले जनाएको छ।

images
images
images

महानगरका अनुसार नागरिकका परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाहरूको विवरण ९ जेठ भित्र पठाइसक्नु पर्ने छ।

२३ वटा शीर्षकमा सुझाव पठाउन सकिने छ। सुझाव दिने व्यक्तिले कति वटा सुझाव प्राप्त गरे भन्ने विवरण पनि हेर्न सकिने महानगरले जनाएको छ।


प्रकाशित : बिहीबार , वैशाख २८ २०८००५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend