सोमबार, वैशाख ३१ गते २०८१    
images
images

संकटबाट पार लाग्दै वित्तीय क्षेत्र, निक्षेपको सुधारसँगै बैंकहरूको लगानी बढ्दै

images
images
images
संकटबाट पार लाग्दै वित्तीय क्षेत्र, निक्षेपको सुधारसँगै बैंकहरूको लगानी बढ्दै
images
images

काठमाडौं- गतवर्षको तुलनामा बैंक तथा वित्तीय क्षेत्रको अवस्थामा राम्रो सुधार आएको छ। गत वर्ष निक्षेप नआउँदा लगानी नै गर्न नसक्ने अवस्थामा बैंकहरू पुगेका थिए। आर्थिक वर्ष २०७९/८० को ९ महिनामा विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको छ।

images
images
images

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा विस्तृत मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा-नोक्सान समायोजित) १ खर्ब ८० अर्ब १७ करोड (१६.२ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति २ खर्ब ६८ अर्ब १७ करोड (२०.१ प्रतिशत) ले घटेको थियो। समीक्षा अवधिमा सञ्चित मुद्रा २.५ प्रतिशतले बढेको छ।

images

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १५.३ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा सञ्चित मुद्रा ७.३ प्रतिशतले बढेको छ। कुल आन्तरिक कर्जा आर्थिक वर्ष २०७९-८० को ९ महिनामा कुल आन्तरिक कर्जा ५.० प्रतिशतले बढेको छ। 

images

अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १०.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ९.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ९.६ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ५५.७ प्रतिशतले बढेकोमा २०७९ चैत मसान्तमा यस्तो दावी ५२.८ प्रतिशतले बढेको छ।

images
images

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १३.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.० प्रतिशतले बढेको छ।

निक्षेप परिचालन

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ५५ अर्ब ८९ करोड (७.० प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ३६ अर्ब २३ करोड (५.१ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.० प्रतिशतले बढेको छ।

२०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ८.० प्रतिशत, २५.७ प्रतिशत र ६०.१ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.७ प्रतिशत, २८.७ प्रतिशत र ५६.१ प्रतिशत रहेको थियो।

निजी क्षेत्र तर्फको कर्जा

२०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.३ प्रतिशत रहेको छ। २०७८ चैत मसान्तमा यस्तो निक्षेपको अंश ३८.६ प्रतिशत रहेको थियो। कर्जा प्रवाह  समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ६१ अर्ब ९८ करोड (३.५ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ५० अर्ब ६४ करोड (१३.५ प्रतिशत) ले बढेको थियो।

संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.२ प्रतिशतले बढेको छ। २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३७.१ प्रतिशत रहेकोथियो। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकह को कर्जा प्रवाह ३.४ प्रतिशतले, विकास बैंकहरुको ४.७ प्रतिशतले र वित्त कम्पनीहरुको१.१ प्रतिशतले बढेको छ। २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाह को लगानीमा रहिरहेको कर्जामध्ये १२.२ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ।

२०७८ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.९ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७९/८० को नौमहिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.२ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतलेर उपभोग्य क्षेत्रतर्फको

कर्जा ३.४ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १९.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.९ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ३.१ प्रतिशतले बढेको छ। भने अधिविकर्ष कर्जा ६५.८ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ६.७ प्रतिशतले र हायर पर्चेज कर्जा १४.६ प्रतिशतले घटेको छ ।

तरलता व्यवस्थापन

समीक्षा अवधिमा यस बैंकबाट रिपोमार्फत ४ खर्ब १३ अर्ब ९४ करोड, सोझै खरिद बोलकबोलमार्फत ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २६ अर्ब ८१ करोड र ओभरनाइट तरलता सुविधा १२ खर्ब १८ अर्ब ६३ करोड गरी कुल ४४ अर्ब ४९ अर्ब ९ करोड (कारोबारमा आधारित) तरलता प्रवाह गरिएको छ भने रिभर्स रिपोमार्फत ५ अर्ब तरलता प्रशोचन गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद ६१ खर्ब ८२ अर्ब ७२ करोड तरलता प्रवाह गरिएको थियो।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब २७ करोड खुद खरिद गरी ५ खर्ब ५७ अर्ब ८१ करोड तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ६८ करोड खुद खरिद गरी २० खर्ब ३ अर्ब ९ करोड तरलता प्रवाह गरिएको थियो। समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ५४ करोड बिक्री गरी ४ खर्ब ६२ अर्ब १४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ५० करोड बिक्री गरी ४ खर्ब १९ अर्ब १८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो। 

images

प्रकाशित : बिहीबार , वैशाख २८ २०८००१:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend