बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भद्रकालीमा भ्रष्टाचारविरूद्ध आवाज : जनता अब सहँदैनन् [फोटो फिचर]

बुधबार, वैशाख २७ २०८०
भद्रकालीमा भ्रष्टाचारविरूद्ध आवाज : जनता अब सहँदैनन् [फोटो फिचर]

काठमाडौं- भ्रष्टाचार ढाकछोपविरूद्ध खबरदारी गर्दै नागरिकहरूले भद्रकालीमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। वृहत् नागरिक आन्दोलनका अगुवासहित नागरिकहरूले अमेरिका लैजाने नाममा सयौँ नेपालीलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहमा रहेकालाई संरक्षण नगरी कारबाही हुनुपर्ने माग गरेका छन्। 

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा पूर्वमन्त्रीलगायत उच्च पदस्थको संलग्नता देखिएपछि कसैलाई पनि उन्मुक्ति दिन नपाइने र निष्पक्ष छानबिन गरी कारबाही हुनुपर्ने माग नागरिकहरूले राखेका छन्। आन्दोलनमा नागरिक अगुवा केदारभक्त माथेमा, गोविन्द केसी, सञ्जीव उप्रेतीलगायतले नागरिकहरूले अब सहेर नबस्ने र निरन्तर खबरदारी गरिरहने बताए। 

देशको अर्थतन्त्रलाई धराशायी बनाउने र अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि धुमिल बनाउने जघन्य अपराधमा संलग्न रहेकामाथि कानूनी कारबाही अगाडि बढाउन वृहत् नागरिक आन्दोलनमार्फत माग गरिएको छ। 

bhrastachar aandolan (2).jpg
bhrastachar aandolan (3).jpg
bhastachari aandolan.JPG
bhrastachar aandolan (5).jpg
bhrastachar aandolan (6).jpg
bhrastachar aandolan (7).jpg
bhrastachar aandolan (8).jpg
bhrastachar aandolan (9).jpg
bhrastachar aandolan (10).jpg
bhrastachar aandolan (11).jpg
bhrastachar aandolan (12).jpg
bhrastachar aandolan (13).jpg
bhrastachar aandolan (14).jpg
bhastachar aandolan.jpg


प्रकाशित : बुधबार, वैशाख २७ २०८०१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend