शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

धेरै रेन्ज, आकर्षक विशेषतासहितको विद्युतीय कार खोज्नेका लागि ‘नेक्सन ईभी म्याक्स’

images
बिहीबार , वैशाख २८ २०८०
images
धेरै रेन्ज, आकर्षक विशेषतासहितको विद्युतीय कार खोज्नेका लागि ‘नेक्सन ईभी म्याक्स’

राणाले सिप्रदी आगामी दिनमा टाटा मोटर्सका उच्चस्तरका उत्पादनहरु नेपाली बजारमा निरन्तर ल्याउन सदैव उत्साहित एवं प्रतिवद्ध रहेको विश्वास दिलाएका थिए। 

images
images

काठमाडौं- यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले नेक्सन ईभी म्याक्सको नेपाली बजारमा बिक्री सुरु गरेको हो। कम्पनीको उत्कृष्ट ढंगले बिक्री भइरहेको नेक्सन ईभीको विस्तारित स्वरूप यो नयाँ गाडी ७.२ किलोवाट चार्जिङको व्यवस्था सहित ४६ लाख ४९ हजार रुपैयाँको आकर्षक मूल्यमा उपलब्ध हो। 

images
images
images

उत्कृष्ट एवं  दिगो ‘मोबिलिटी’मा विश्वास राख्ने ग्राहकहरुलाई लक्षित नेक्सन ईभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाई पुर्याउने अपेक्षा सिप्रदीले गरेको छ। उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन-टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रंगहरुमा उपलब्ध छ। त्यसैगरी स्ट्यान्डर्ड रंगको रुपमा डुअल टन बडी पनि उपलब्ध छ।

images
images

४०.५ किलोवाटआवर क्षमता भएको लिथियम ब्याट्री प्याक जडित नेक्सन ईभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी छ। यस कारणले यो गाडीले विना कुनै झन्झट एआरएआईद्वारा प्रमाणित ४ सय ५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ। नेक्सन ईभी म्याक्समा १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बित्तिक्कै २ सय ५० एनएम बराबरको टर्क पैदा गर्छ। 

images
images

यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ। जसले ६.५ घन्टामै नै चार्जिङ गर्न सकिन्छ। नेक्सन ईभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डीसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ।   

नेपाली ग्राहकहरुले अत्याधिक रुचाएका नेक्सन र टिगोर मोडेलका ईभीहरुको साथ टाटाले विगत केहि समयदेखि नेपालको विद्युतीय सवारीसाधनको विकास एवं विस्तारमा अग्रणी भूमिका खेलिरहेको टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले बताए।

यसै सन्दर्भमा नेक्सन ईभी म्याक्सको बजारमा बिक्री सुरुवातसँगै यस्तो भूमिका अझ सुदृढ हुने अपेक्षा गरिएको चन्द्रले बताए। ‘अत्याधुनिक जिपट्रन प्रविधियुक्त नेक्सन ईभी म्याक्समा जस्तोसुकै मौसम र सडक अवस्थामा यात्रा गर्न सकिन्छ। साथै रेञ्ज, आराम र बनावट जस्ता दृष्टिकोणले पनि यो सर्वोत्कृष्ट छ,’ उनले भने, ‘त्यसैले विद्युतीकरणको दिशामा अगाडि बढिरहेको नेपाली अटोमोबाइल बजारमा यसले अमिट छाप छोड्न सफल हुनेमा हामी विश्वस्त छाैँ।’   

चन्द्रका अनुसार यो विद्युतीय एसयूभीले नेपाली ग्राहकहरुको विद्युतीय गाडीको अनुभवमा एक नयाँ आयाम थपि टाटा ब्रान्डको छविमा सकारात्मक योगदान पुर्याउने छ। 

त्यस्तै सिप्रदी ग्रुप अफ कम्पनीजका अध्यक्ष सिद्धार्थ शमशेर जबराले नेक्सन ईभी म्याक्स नेपाली ग्राहकहरुको बदलिंदो आवश्यकता एवं इच्छालाई परिपूर्ति गर्ने एक नवीन सौगात भएको बताए। उनले यो गाडी सिप्रदी र टाटा मोटर्सबीचको न्यानो साझेदारीमा एक नयाँ कोशेढुंगा सावित हुनेमा आफू विश्वस्त रहेको दाबी गरे। राणाले सिप्रदी आगामी दिनमा टाटा मोटर्सका उच्चस्तरका उत्पादनहरु नेपाली बजारमा निरन्तर ल्याउन सदैव उत्साहित एवं प्रतिवद्ध रहेको विश्वास दिलाएका थिए। 

अनुभव सर्वोत्कृष्टताको

नेक्सन ईभी म्याक्सको भित्री एवं बाहिरी बनावटबीच एक साँच्चै सुन्दर सामान्जस्यता छ। सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी यसमा एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङलगायत सुविधाहरु भएको ज्वेवेल्ड सेन्ट्रल नबको व्यवस्था छ। नेक्सन ईभी म्याक्स इको, सिटि र स्पोर्ट गरी जम्मा तिनवटा मोडहरुमा उपलब्ध छ।

यस गाडीमा मल्टी-मोड रिगेनको विशेषता छ, जसले चालकलाई फ्लोर कन्सोल रहेको स्वीच मार्फत रिजेनेरेटिभ ब्रेकिङको लेभललाई सहज तरिकाले मिलाउन सहयोग गर्दछ। ड्राइभिङ अवस्था अनुरुप रिगेनको चार विभिन्न लेबलहरु मध्ये एक प्रयोग गर्न सकिन्छ। लेभल शून्यमा मा शुन्य रिक्युपरेटिभ ब्रेकिङदेखि लेभल ३ सम्म जसमा एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ।  

नेक्सन ईभी म्याक्समा एक अर्को अभुतपूर्व विशेषता छ, जसमा यसको ब्रेक ल्याम्प रिगेन निश्चित लेभलमा पुगेपछि बल्दछ। यसले सडकका अन्य चालकहरुलाई सचेत गराउन मद्दत गर्दछ। यस विद्युतीय एसयूभीमा सुरक्षाको निम्ति आइ-भीबीएसी सहितको इएसपी, हिल होल्ड, इलेक्ट्रोनिक पार्किङ ब्रेक र चारवटा डिस्क ब्रेक लगायतका गुणहरु छन्। ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकावट र विश्वसनीयताको लागि आइपी ६७ द्वारा प्रमाणित पनि छ।                              


प्रकाशित : बिहीबार , वैशाख २८ २०८००४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend