मंगलबार, असोज १ गते २०८१    
images
images

बलियो हुँदै बाह्य क्षेत्र, १८ महिनाकै उच्च विदेशी मुद्राको सञ्चिति 

images
बुधबार, वैशाख २७ २०८०
images
images
बलियो हुँदै बाह्य क्षेत्र, १८ महिनाकै उच्च विदेशी मुद्राको सञ्चिति 

राष्ट्र बैंकका अनुसार चैतसम्म नेपालसँग १० अर्ब ९४ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको सुरुवातदेखि नै सुधार भएको अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर बलियो हुँदै आएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ९ महिनाको तथ्यांक अनुसार बाह्य क्षेत्रको अवस्था झन् बलियो हुँदै गएको देखिन्छ। 

images
images
images

राष्ट्र बैंकका अनुसार चालु वर्षको ९ महिनासम्म शोधनान्तर १ खर्ब ८० अर्बले बचतमा रहेको छ। गत वर्षको यही अवधिमा २ खर्ब ६८ अर्बले घाटामा रहेको थियो। पछिल्लो समय भुक्तानी सन्तुलन नकारात्मक हुँदै गएपछि राष्ट्र बैंक तथा सरकारले लिएका नियन्त्रणकारी कदमले गर्दा अहिले बचतमा पुगेको छ। 

आयात संकुचित भएको तथा रेमिट्यान्स वृद्धि हुँदा भुक्तानी सन्तुलन सकारात्मक भएको हो।

त्यस्तै चालु खाता घाटा पनि नियन्त्रणमा रहेको छ। गत वर्ष नियन्त्रणभन्दा बाहि पुगेको चालु खाता घाटा यो वर्ष ५१ अर्बमा सीमित भएको छ। गत  वर्ष चालु खाता नै ५ खर्ब १० अर्बले घाटामा थियो। 

images

त्यस्तै यो अवधिमा रेमिट्यान्स २४ प्रतिशतले बढेको छ। चालु वर्षको नौ महिनासम्म ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स आएको छ। गत वर्षको यही अवधिमा ०.२ प्रतिशतले घटेको थियो। 

१८ महिनाकै उच्च विदेशी मुद्रा सञ्चिति 

विदेशी मुद्रा सञ्चितिमा सुधार भइरहेको छ। पछिल्ला महिनामा सुधार भएको रेमिट्यान्स तथा बढेको रेमिट्यान्सका कारणले विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो। 

राष्ट्र बैंकका अनुसार चैतसम्म नेपालसँग १० अर्ब ९४ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेको छ। यो गएका १८ महिनाकै उच्च हो। गत आर्थिक वर्षको असोजमा १० अर्ब ९८ अर्ब डलर सञ्चिति थियो।

उक्त समयमा तीव्र घट्दो क्रममा रहेको सञ्चिति निरन्तर घटेर ९ अर्ब ३४ करोड डलरमा झरेको थियो। चालु वर्षको असोजदेखि बढ्न सुरु गरेर अहिले १८ महिनाअघिकै तहमा पुगेको छ। 

यो सञ्चितिले ११ महिनाको वस्तु तथा ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ। 


प्रकाशित : बुधबार, वैशाख २७ २०८००६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend