बिहीबार , असोज ३ गते २०८१    
images
images

टाटा नेक्सन ईभी म्याक्स सार्वजनिक, मूल्य कति?

images
मंगलबार, वैशाख २६ २०८०
images
images
टाटा नेक्सन ईभी म्याक्स सार्वजनिक, मूल्य कति?

नेक्सन ईभी प्राइममा २ सय ५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्सले पनि उपभोक्ताका निम्ति उपयुक्त विकल्प ठहरिएको हो। 

images
images

काठमाडौं- विद्युतीय कारप्रति उपभोक्तामा रहेको अनेकन प्रश्नको समाधान गर्दै टाटा नेक्सन ईभीले भारतमा मात्र नभइ नेपालमा समेत नयाँ मानक कायम गरेको छ। नेपाल भित्रिएयता नेक्सन ईभी २२ सय वटाभन्दा बढी बिक्री भइसकेको छ। 

images
images
images

नेक्सन ईभी मध्यम रेन्ज अर्थात ३ सय १२ किलोमिटर प्रतिचार्जमा उपलब्ध रहेको छ। पर्याप्त चार्जिङ स्टेसन हुँदा र सहरी तथा मध्यम यात्राका लागि नेक्सन ईभी उपयुक्त विद्युतीय कार ठहरिएको छ।

नेक्सन ईभीको अर्को सवल पक्ष भनेको ग्राउन्ड क्लियरेन्स हो। विद्युतीय कारमा २ सय ५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्सले पनि उपभोक्ताका निम्त नेक्सन ईभी उपयुक्त विकल्प ठहरिएको हो। 

नेक्सन ईभीको भन्दा अलि बढी रेन्ज खोज्ने उपभोक्तालाई लक्षित गर्दै टाटा मोटर्सकोे नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभी म्याक्स मंगलबार सार्वजनिक गरेको हो। एक पटकको फुल चार्जमा ४ सय ५३ (एआरएआई प्रमाणित) किलोमिटर रेन्ज दिने नेक्सन ईभी म्याक्सले नेपाली विद्युतीय कार बजारमा नयाँ मानक कायम गर्ने विश्वास सिप्रदीको छ।

images

नेक्सन ईभीबाट सन्तुष्ट ग्राहककै कारण र सरकारले विद्युतीय कारलाई प्राथमिकता दिने नीति लिएकाले नेक्सन ईभी म्याक्सले अन्य प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्नेछ। 

सिप्रदीले ल्याएको टाटाको नेक्सन ईभी म्याक्स अहिले बिक्री भइरहेको प्राइम मोडलभन्दा हाइटेक र विशेषताहरुले भरिएको छ। टाटा नेक्सन ईभी प्राइमको तुलनामा म्याक्स मोडलमा ठूलो ब्याट्री, धेरै रेन्ज र पावरफुल मोटरमा उपलब्ध रहेको छ। 

कम्पनीले नेक्सन ईभी म्याक्सको नेपाली बजारमा ४६ लाख ४९ हजार रुपैयाँ तोकेको छ। नेक्सन ईभी म्याक्सिम ग्राउन्ड क्लियरेन्स भने १ सय ९० एमएम रहेको छ।

लामो समयदेखि आउने भनिएको नेक्सन ईभी म्याक्स अन्ततः नेपाली बजारमा बिक्रीका लागि उपलब्ध भएको छ। टाटाले नेक्सन ईभी म्याक्समा ४०.५ किलोवाट आवरका साथ उत्पादन गरेको हो।

नेक्सन ईभी म्याक्स पनि १ किलोवाट क्षमताको मोटर आएको छ। सरकारले १ सय किलोवाटभन्दा बढी मोटर जडान भएको विद्युतीय कारमा बढी कर लगाएको छ। त्यसैले पनि १ किलोवाटसम्म क्षमता भएका विद्युतीय कार नेपाल आउने क्रम बढेको छ। 

टाटा मोटर्सले नेक्सन ईभी म्याक्समा मल्टी रिजेनेरेटिभ ब्रेकिङ मोड उपलब्ध गराएको छ। यसमा रहेको ब्याट्रीले सिंगल चार्जमा ४ सय ५३ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको टाटा मोटर्सले जनाएको छ। 

एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी दुईवटा भेरियन्टमा भारतमा सार्वजनिक भएको नेक्सन ईभी म्याक्समा दुईथरी चार्जिङ अप्सनमा उपलब्ध छ। यसमा स्ट्याण्डर्ड ३.३ र अर्काे ७.२ किलोवाट क्षमताको दुई फरक अनवोर्ड चार्जर दिइएको छ। नेपाली बजारमा भने पहिलो चरणमा नेक्सन ईभी म्याक्स एउटा अप्सनमा मात्र उपलब्ध रहेको छ। 

नेक्सन ईभी म्याक्सलाई ३.३ किलोवाटको चार्जरले फुल चार्ज गर्न १५ देखि १६ घण्टा लाग्छ भने ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा ६ घण्टामै फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। 

नेक्सन ईभी म्याक्समा प्राइम मोडलको भन्दा केही विशेषताहरुसमेत थप गरिएको छ। यसमा पार्कमोड सहितको इलुमिटेड गियर नव, इलेक्ट्रोनिक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट आदि विशेषता थपिएका छन्। त्यस्तै सुरक्षाका लागि म्याक्स ईभीमा ईएसपी तथा हिल होल्ड असिस्टसमेत थपिएको छ। 


प्रकाशित : मंगलबार, वैशाख २६ २०८०१४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend