बिहीबार , असोज ३ गते २०८१    
images
images

पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न अन्तर्राष्ट्रियस्तरका संस्था ल्याउनुको विकल्प छैन : विनोद चौधरी

'५० लाख पर्यटक भित्र्याउने आधार बजेटमार्फत तय गरौँ'

images
मंगलबार, वैशाख २६ २०८०
images
images
पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न अन्तर्राष्ट्रियस्तरका संस्था ल्याउनुको विकल्प छैन : विनोद चौधरी

पर्यटनका अन्य पूर्वाधार विकासलाई प्रोत्साहन गर्दै आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउन सकेमा आगामी पाँच वर्षमा ५० लाख पर्यटक नेपाल भित्र्याउन सम्भव हुने सांसद विनाेद चौधरीले बताए।

images
images

काठमाडौं- सांसद विनोद चौधरीले भैरहवा र पोखरा विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त सस्थाहरूलाई आमन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्।

images
images
images

चौधरीले संसदमा भइरहेको २०८०/८१ को प्रि बजेट छलफलमा भाग लिँदै दुई विमानस्थल सञ्चालन गर्नका लागि एयरलाइन्सहरुको सञ्जाल व्यवस्थापनमा कुशल र विमानस्थल व्यवस्थापनमा ख्यातिप्राप्त संस्थाहरूलाई आमन्त्रण गरेर विदेशी पर्यटक भित्र्याउने कार्यमा अग्रसर हुन आग्रह गरे। 

‘अर्बौं लगानीमा बनाइएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू वास्तवमा अहिले मृतप्रायः अवस्थामा छन्, यीनलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुको विकल्प छैन,’ चौधरीले भने।

पर्यटनका अन्य पूर्वाधार विकासलाई प्रोत्साहन गर्दै आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउन सकेमा आगामी पाँच वर्षमा ५० लाख पर्यटक नेपाल भित्र्याउन सम्भव हुने उनको दाबी छ। ‘यो सोचको प्रस्थान बिन्दु आगामी आर्थिक वर्षको बजेटलाई बनाउनुपर्छ,’ उनले भने। 

images

उनले व्यापार घाटाको गहिरिँदो खाडल पुर्ने विकल्प जलविद्युत्‌को निर्यात भएको बताउँदै स्वामित्व, नि:शुल्क ऊर्जा र रोयल्टी प्राप्त गर्ने ज्वाइन्ट भेन्चर एवं पार्टनरसिपको नयाँ मोडलमा जानुपर्ने समेत बताए। कर्णाली बेसिनका १२ हजार मेगावाट क्षमताका परियोजनामा लगानी गर्ने वातावरण बनाउनुपर्ने समेत उनले बताए।  

आगामी आर्थिक वर्षको बजेट दोस्रो चरणको आर्थिक सुधारको गन्तव्य बन्नुपर्नेमा समेत चौधरीले जोड दिएका छन्। सूचना प्रविधिमा आधारित उद्यमहरु अर्थतन्त्रको पहिलो पंक्तिमा आउने वातावरण बनाउँदै युवाहरुलाई नवप्रवर्तनका अवसरहरुले जोड्नुपर्ने उनको भनाइ छ। 


प्रकाशित : मंगलबार, वैशाख २६ २०८०१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend