बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

कैलालीका विपद् जोखिममा रहेका पालिकामा साइरन जडान गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २६ २०८०
images
images
कैलालीका विपद् जोखिममा रहेका पालिकामा साइरन जडान गरिँदै
फाइल तस्बिर

कैलालीका पालिकाहरु हरेक वर्ष आउने विपत्‌को जोखिमबाट जोगिन पूर्व तयारीमा जुटेका छन्।

images
images

टीकापुर- कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा प्रकोपको जोखिम रहेका स्थानमा सूचना प्रवाहका लागि साइरन जडान गर्न थालिएको छ। यी पालिकामा सबैखाले विपत्‌ तथा प्रकोपका समयमा सहज सूचना प्रदान गर्नका लागि बहु-विपद पूर्व सचेतना उपकरण साइरन जडान गर्न थालिएको हो।

images
images
images

जानकी गाउँपालिकाका तीन स्थानमा साइरन जडान गरिएको छ भने टीकापुरमा तीन स्थानमा जडान गर्ने तयारी छ। जानकी-४, ६ र ९ मा साइरन प्रणाली जडान भएको पालिकाले जानकारी दिएको छ। विपत तथा प्रकोपका बेला आइपर्ने सम्भावित जोखिमबाट बच्न तथा क्षति न्यूनीकरण गर्नका लागि स्थानीयवासीलाई सहज र छिटो सूचना दिन साइरन प्रणाली जडान गरिएको गाउँपालिकाका विपत्‌ फोकल पर्सन नेत्रप्रसाद जैशीले बताए।

images
images

राष्ट्रिय विपत्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको १० लाख रूपैयाँ सहयोगमा वडा नं ४ को वडा कार्यालय मुनुवा, वडा नं ६ को बालज्योति आधारभूत विद्यालय जगतपुर र वडा नं ९ को वडा कार्यालय खैरीफाँटामा साइरन जडान गरिएको छ। उनले भने, 'विपत्‌ बेला प्रयोगमा आउने गरी अहिले साइरन जडान भएको छ।'

images
images
images

साइरन प्रणालीमार्फत विपत्‌ जोखिम क्षेत्रमा रिमोट कन्ट्रोल, एसएमएस, अनलाइन र साइरनको आवाजमा सूचना सम्प्रेषण हुनेछ। यो प्रणालीमार्फत विपत्‌का बेला स्थानीय पालिका, जिल्ला, प्रदेश वा केन्द्रबाट सूचना प्रवाह गर्न सकिनेछ। सूचना प्रवाहका लागि पाँच सय मिटर पेरिफेरीमा रिमोटमार्फत वडा कार्यालय, एसएमएस र अनलाइन जानकारीका लागि गाउँपालिका विपत्‌ शाखा र साइरनका लागि सम्बन्धी ठाउँका सम्बन्धित व्यक्तिमार्फत हुने जैशीले बताए।

यसरी विपत्‌का बेला साइरनबाट प्रवाह हुने, जानकारी दुई किलोमिटरको दुरीसम्म सुन्न सकिने र सोहीनुसार पूर्वतयारी, सजग तथा सचेत रहनमा सहयोग पुग्नेछ। विगतमा विपत् आउँदा समुदायका सरोकारवाला व्यक्ति तथा बड्घर, जनप्रतिनिधि कहाँ एसएमसमार्फत जानकारी दिने गरिएको थियो। यी दुबै पालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रमार्फत २४सै घण्टा विपत्‌सम्बन्धी सूचना प्रवाह भइरहेका छन्। 

'अब साइरनमार्फत सबैलाई एकैपटक सूचना प्रवाह गर्न सकिन्छ', जानकी-६ का वडाध्यक्ष इन्द्र चौधरीले भने, 'सबैले बुझ्न सकिने गरी स्थानीय भाषामा सूचना सम्प्रेषण हुने भएकाले यो धेरै उपयोगी हुनेछ।'

टीकापुरकासमेत तीन स्थानमा साइरन जडान हुँदैछ। टीकापुरका विजयनगर सहरी स्वास्थ्य केन्द्र, भानु पुस्तकालय सत्ती र वडा नं ६ को वडा कार्यालयमा साइरन जडान गर्ने निर्णय भएको विपत्‌ व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी बताइन्। 

'टीकापुर-८ स्थित सत्ती पुलको पोलमा गेज स्केल निर्माण गर्ने भएका छौँ', उनले भनिन्, 'टीकापुरले कर्णाली नदी तल्लो तटीय क्षेत्रमा पानीको सतहमापन गर्नका लागि गेज स्केल निर्माण गर्दैछ।'

यसका साथै टीकापुरमा सञ्चालित एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस जडान गर्ने प्रदेशको निर्णय कार्यान्वयन गराउन पालिकाले पहल गर्ने भएको छ। नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिकाको विपत्‌ पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्न थालेको बताए।

योजना अद्यावधिक गर्न वन, वातावरण तथा विपत्‌ व्यवस्थापन समिति संयोजक बलिराम चौधरीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन भएको छ। 'वडास्तरीय विपत्‌ व्यवस्थापन समिति र समुदायलाई विपत्‌ जोखिम व्यवस्थापनमा मौसम पूर्वनुमानमा आधारित पूर्वकार्य, पूर्व सूचना संयन्त्र तथा विपत्‌ उत्तरदायी सामाजिक सुरक्षासम्बन्धी अभिमुखिकरणसमेत गर्ने तयारी भएको छ', नगर प्रमुख थारुले भने।

कैलालीका यी पालिका हरेक वर्ष आउने विपत्‌को जोखिमबाट जोगिन पूर्व तयारीमा जुटेका छन्। बाढीको जोखिम बढी झेल्दै आएका पालिकामा बाढीको समयमा आवश्यक पर्ने सामान, समुदायलाई सचेत गराउन विभिन्न तालिम, विपत्‌मा खट्ने जनशक्ति तयार जस्ता कार्य भइरहेका छन्। रासस


प्रकाशित : मंगलबार, वैशाख २६ २०८००९:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend