बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

भेरी नदीमा बेलिब्रिज निर्माण गरिने

images
मंगलबार, वैशाख २६ २०८०
images
images
भेरी नदीमा बेलिब्रिज निर्माण गरिने

पक्की पुल निर्माण ठेक्का पाएको कम्पनीले १० वर्षसम्म पनि काम नगरेपछि हाल सम्झौता रद्द गरिएको छ।

images
images

जाजरकोट- पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत रुकुम-पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट भेरी नगरपालिकाको भेरी नदीमा बेलिब्रिज निर्माण गरिने भएको छ। यसका लागि तीन ठाउँमा सर्भे भएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गका प्राविधिक वामेश्वर देवकोटाले जानकारी दिए।

images
images
images

भेरी नगरपालिकाको-११ र १३ का तीन स्थानमा सर्भे भएको उनको भनाइ छ। नदीमा पक्की पुल निर्माणमा समय लाग्ने भएपछि तत्कालका लागि बेलिब्रिज निर्माण गर्न लागिएको पूर्वअर्थमन्त्री जनार्दन शर्माले बताए।

images
images

पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा पक्की पुल निर्माण ठेक्का पाएको कम्पनीले १० वर्षसम्म पनि काम नगरेपछि हाल सम्झौता रद्द गरिएको छ। सरकारले निर्माण कम्पनी वाईपी कन्ट्रक्सन प्रालि काठमाडौंविरुद्ध समयमै काम नगरेको भन्दै आठ करोड ५७ लाख ९५ हजार ६ सय २६ रूपैयाँ जरिवाना समेत गरेको छ। सरकारको उक्त निर्णयविरुद्ध कम्पनीले अदालतमा मुद्दा दर्ता गरेको छ।

images
images
images

निर्देशनालयले पटक-पटक ताकेता गर्दा पनि काम गर्न अटेर गरेपछि गत मंसिर २९ मा विभागीय निर्णय अनुसार ठेक्का सम्झौता रद्द गरिएको निर्देशनालयका डिभिजन प्रमुख इन्जिनियर युवराज पोखरेलले बताए।

सार्वजनिक खरिद नियमावली २०६३ अनुसार ठेक्का तोडिएपछि निर्माण व्यवसायीबाटै उक्त योजनाको रकम असूल उपर गर्ने व्यवस्था छ। कम्पनीले २०६९ सालमा तीन वर्षमा काम सम्पन्न गर्नेगरी १४ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। रासस


प्रकाशित : मंगलबार, वैशाख २६ २०८००७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend