बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

पृथ्वीनारायण शाहको मूर्ति बनाउन तालिम, पर्यटकका लागि गोरखाको चिनो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २६ २०८०
images
images
पृथ्वीनारायण शाहको मूर्ति बनाउन तालिम, पर्यटकका लागि गोरखाको चिनो

सीपमूलक तालिमले रोजगारीको अवसर सिर्जना गर्नुका साथै आर्थिक आयआर्जनमा समेत व्यक्तिलाई आत्मनिर्भर बनाउन सक्ने भएकाले नगरपालिकाले सीपमूलक तालिममा जोड दिइएको हो।

images
images

गोरखा- गोरखामा नेपाल एकीकरणका अभियन्ता राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सुरु भएको छ। गोरखा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने चिनो लैजाने अवसर प्रदान गर्नका लागि गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।

images
images
images

गोरखा नगरप्रमुख कृष्णबहादुर रानामगरले महिला उद्यमी संघ  र नगरपालिकाको संयुक्त आयोजनामा भएको तालिममा १५ महिलाको सहभागिता रहेको जानकारी दिए। 'अहिले दिन लागिएको तालिम पृथ्वीनारायण शाहको मूर्ति बनाउनेसम्बन्धी एकमहिने एड्भान्स तालिम हो', उनले भने, 'यसअघि एकमहिने आधारभूत तालिममा सहभागी भएकाहरू दोस्रोपटकको एड्भान्स तालिममा सहभागी भएका छन्।'

images
images

तालिमका क्रममा निर्माण गर्ने मूर्ति विभिन्न कार्यक्रममा मायाको चिनोका रूपमा अतिथिलाई दिनका लागि समेत प्रयोग हुने उनको भनाइ छ।

images
images
images

'गोरखा भन्नेबित्तिकै नेपाल एकीकरणको उद्गम थलो र तत्कालीन पृथ्वीनारायण शाहले राज्य गरेको ठाउँका रूपमा विश्वभर परिचित ऐतिहासिक जिल्ला हो', नगरप्रमुख रानामगरले भने, 'त्यसैले पनि गोरखा आउँदा गोरखाको इतिहासलाई सम्झाउने मायाको चिनो लैजान धेरैजसो लालायित हुने भएकाले पनि तालिमलाई व्यवहारमा कार्यान्वयन गर्न सके प्रभावकारी हुनेछ।'

यस्ता खालका सीपमूलक तालिमले रोजगारीको अवसर सिर्जना गर्नुका साथै आर्थिक आयआर्जनमा समेत व्यक्तिलाई आत्मनिर्भर बनाउन सक्ने भएकाले नगरपालिकाले सीपमूलक तालिममा जोड दिँदै आएको उनले बताए। तालिममा सहभागीलाई मूर्ति बनाउने, मूर्तिका लागि आवश्यक पर्ने फ्रेम बनाउने साथै ऐन र फोटो फ्रेम बनाउनसमेत सिकाइने तालिमको प्रशिक्षकका रूपमा योगेन्द्र गुरुङले बताए। तालिममा प्रशिक्षक योगेन्द्र गुरुङ र शारदा खत्रीले सहभागीलाई तालिम प्रदान गरिरहनुभएको छ।

महिला उद्यमी संघ नेपाल गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा एकमहिने मूर्ति बनाउने तालिम सोमबारबाट सुरु भएको हो । नगरपालिकाले तालिम सहभागीका लागि आवश्यक सामग्री खरिद लागि तीन लाख बजेट विनियोजन गरेको उनले बताए। सोमबारदेखि सुरु भएको तालिम आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख २६ २०८००४:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend