आइतबार, वैशाख ३० गते २०८१    
images
images

कर्जाको ब्याजदर महिनैपिच्छे परिवर्तन गर्नुपर्ने (राष्ट्र बैंकको सर्कुलरसहित)

images
images
images
कर्जाको ब्याजदर महिनैपिच्छे परिवर्तन गर्नुपर्ने (राष्ट्र बैंकको सर्कुलरसहित)
images
images

काठमाडौं- अब बैंक तथा वित्तीय संस्थाहरुले महिनैपिच्छे कर्जाको ब्याजदर परिवर्तन गर्ने पर्ने भएको छ। प्रवाह भएको ऋण (कर्जा)मा ब्याजदर हरेक महिना परिवर्तन गर्नुपर्ने गरी नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको छ।

images
images
images

पछिल्लो तीन महिनाको आधार दरअनुसार मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो। कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ राष्ट्र बैंकले जारफ गरेको निर्देशनमा उल्लेख छ।

images

यस अघि त्रैमासिक कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरिएको थियो। अब निर्देशन अनुसार  बैंकहरुले जेठ महिनामा पनि कर्जाको ब्याजदर परिवर्तन गर्नेछन्।

images

राष्ट्र बैंकको निर्देशनअनुसार फागुन, चैत र वैशाख महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार जेठमा कर्जाको ब्याजदर पनि परिवर्तन गर्नुपर्नेछ।

images
images

यसअघि भने तीन तीन महिनामा मात्रै कर्जाको ब्याजदर परिवर्तन हुने व्यवस्था अनुसार साउनमा मात्रै परिवर्तन हुने थियो। बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर घट्दै गएकाले आधार दर पनि घट्दो क्रममा छ, यसले ऋणीलाई ब्याजदर महिनैपिच्छे घट्न गई राहत पुग्छ।

पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन पाइने व्यवस्था पनि गरिएको छ। जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँग सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ।

तर आधार दर बढ्दो क्रममा रहेको अवस्थामा भने महिनैपिच्छे ब्याजदर बढ्न सक्ने जोखिम पनि रहन्छ। यो व्यवस्था स्थिर ब्याजदरमा ऋण लिएकाहरुको हकमा भने लागू  नहुने राष्ट्र बैंकले जनाएको छ।

 

images

प्रकाशित : सोमबार, वैशाख २५ २०८००१:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend