शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

हुन्डाईको सफल एसयूभी क्रेटा विद्युतीयमा आउने, रेन्ज ४ सय किमिभन्दा बढी

images
बुधबार, वैशाख २७ २०८०
images
हुन्डाईको सफल एसयूभी क्रेटा विद्युतीयमा आउने, रेन्ज ४ सय किमिभन्दा बढी

हुन्डाईले कोनामा रहेको ब्याट्री र मोटर दिएर क्रेटा ईभी ल्याएमा त्यसमा १०० किलोवाट क्षमताको मोटर हुनेछ।

images
images

काठमाडौं- हुन्डाई क्रेटा मिडसाइज एसयूभीमा सफल मोडलमा पर्छ। भारत होस् वा नेपाल दुवै बजारमा हुन्डाई क्रेटा एसयूभी सेगमेन्टको कार खरिद गर्न चाहनेको रोजाइमा पर्दै आएको छ। 

images
images
images

आईसी इन्जिनमा सफल भएको क्रेटालाई हुन्डाई मोटर्सले विद्युतीय भर्सनमा समेत ल्याउन तीव्र गतिमा तयारी गरिरहेको छ। उपभोक्ताको रोजाइमा रहेको र क्रेटा आफैमा ब्रान्ड नेमका रुपमा स्थापित भएकाले हुन्डाई क्रेटालाई विद्युतीयमा ल्याउन उत्साहित भएको हो। 

images
images

हुन्डाईले २०१५ मा पहिलो पटक उत्पादन गरेको क्रेटा सफल एसयूभीमा पर्छ। मिडसाइज एसयूभी सेग्मेन्टमा अन्य ब्रान्डका प्रतिस्पर्धीभन्दा हुन्डाई क्रेटा निकै अगाडि रहेको छ। हुन्डाई क्रेटा भारतीय बजारमा मासिक औषतमा ८ देखि १० हजारभन्दा बढी बिक्री हुँदै आएको छ। नेपालमा पनि हुन्डाई क्रेटा आफ्नो सेगमेन्टमा लोकप्रिय रहेको छ। 

images
images

हुन्डाईले भारतीय बजारमा क्रेटाको विद्युतीय भर्सन ल्याउने विषय यसअघि पनि आएको थियो। अहिले भने कम्पनीले क्रेटा ईभीको परीक्षणलाई तीव्र बनाएको छ। अन्य ब्रान्डहरुले पनि यसअघि सफल रहेकै मोडललाई विद्युतीय बनाएका छन्। हुन्डाईले पनि यही फर्मुला अउनाएको हो। 

हुन्डाईले अहिलेकै क्रेटामा नै इन्जिनको सट्टा ब्याट्री प्याक राखेर परीक्षण गरिरहेको छ। क्रेटा ईभी आईसी इन्जिनकै आवरणमा आउनेछ। हुन्डाईले क्रेटा सार्वजनिक गरेको ८ वर्षमा ९ लाख वटाभन्दा धेरै कार भारतीय बजारमा बिक्री गरिसकेको छ। नेपालमा पनि क्रेटा करिब १० हजारवटा बिक्री भएको कम्पनीको भनाइ छ।  

एमजीले आईसी इन्जिनमा रहेको जेडएसलाई जेडएस ईभी बनाएर बिक्री गरिरहेको छ भने टाटा मोटर्सले नेक्सन एसयूभीलाई ईभी भर्सनमा ल्याएर बिक्री गरिरहेको छ। क्रेटा ईभी बजारमा आएपछि विद्युतीय कार बजारमा प्रतिस्पर्धा थप रोजक हुनेछ। भारतमा सार्वजनिक भएलगत्तै हुन्डाई क्रेटा ईभी पनि नेपाली बजारमा आउने छ। 

क्रेटा ईभीमा हाल उपलब्ध रहेको आईसी इन्जिनयुक्त क्रेटाको जस्तै विशेषतासहित आउने अनुमान गरिएको छ। क्रेटा ईभीको लुक्स भने रेगुलर क्रेटाकै जस्तो छ। क्रेटा ईभीमा हुन्डाईले हाल बजारमा उपलब्ध रहेको कोना ईभीमा रहेको ३९.२ किलोवाट आवरको ब्याट्री राखेर परीक्षण गरिरहेको छ। हुन्डाईले कोनामा रहेको ब्याट्री र मोटर दिएर क्रेटा ईभी ल्याएमा त्यसमा १०० किलोवाट क्षमताको मोटर हुनेछ। उक्त कारले ३ सय ५० एनएम टर्क जेनेरेट गर्ने छ। 

हुन्डाईले नयाँ क्रेटा ईभीमा कोना ईभीकै ब्याट्री प्रयोग गरेपनि रेन्ज भने बढेर आउने अनुमान गरिएको छ। क्रेटा ईभी एकपटकको चार्जमा ४ सय किलोमिटरभन्दा बढी रेन्जसहित आउनेछ। विद्युतीय कार प्रति उपभोक्ताको विश्वास बढाउन पुराना सवारी उत्पादकले चलेका आईसी इन्जिन कारलाई नै विद्युतीयमा परिमार्जन गरेर ल्याइरहेका छन्। 


प्रकाशित : बुधबार, वैशाख २७ २०८०१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend