बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

दलित परिवारको स्वास्थ्य बीमा गर्दै औरही गाउँपालिका

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २५ २०८०
images
images
दलित परिवारको स्वास्थ्य बीमा गर्दै औरही गाउँपालिका

बीमाका लागि प्रतिपरिवार तीन हजार पाँच सय रूपैयाँ गाउँपालिकाले बेहोर्ने गाउँपालिकाका अध्यक्ष उमाशंकरप्रसाद साहले बताए। 

images
images

जनकपुरधाम- धनुषाको औरही गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सात वटै वडामा बसोबास गर्ने दलित परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ।

images
images
images

गाउँपालिकाका अध्यक्ष उमाशंकरप्रसाद साहले गाउँपालिकामा रहेका दलित समुदायको स्वास्थ्यमा पहुँच स्थापित गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमा गर्न लागिएको जानकारी दिए। प्रारम्भिक तथ्यांकअनुसार सात वटा वडामा बस्ने करिब सात सय ३५ परिवारको स्वास्थ्य बीमा गरिने उनले बताए।

images
images

'यहाँका अधिकांश दलित परिवारका सदस्य आर्थिक अभावका कारण स्वास्थ्य संस्थामा जान नसक्ने र  उपचार गर्नै परेमा ऋण लिनुपर्ने अवस्थामा छन्', अध्यक्ष साहले भने, 'त्यही समस्यालाई मध्यनजर गरी चुनावमा गरेको स्वास्थ्य बीमा गर्ने प्रतिवद्धता अनुसार काम गर्न लागिएको हो।'

images
images
images

बीमाका लागि प्रतिपरिवार तीन हजार पाँच सय रूपैयाँ गाउँपालिकाले बेहोर्ने निर्णय भइसकेको उनको भनाइ छ। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविरकुमार महतोले अहिले दलित परिवारको तथ्यांक संकलनलगायतका काम भइरहेकाले सो प्रक्रिया सकिएलगत्तै बीमाको काम अगाडि बढ्ने जानकारी दिए।

'तीन हजार पाँच सय रूपैयाँ बीमा रकम तिरेपछि बीमितले एक लाख रूपैयाँ बराबरको औषधी उपचार गर्ने सरकारको नीति छ, तर स्थानीय नागरिकलाई यस विषयमा धेरै जानकारी छैन। जसका कारण आर्थिक अभावमा समस्या भोग्नुपर्ने अवस्था छ', उनले भने, 'दलित परिवारलाई सहयोग गरेर अरु परिवारलाई पनि बीमा गर्नुपर्छ भन्ने सन्देश फैलाउने उद्देश्य हो।'

यसका अतिरिक्त गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी चालु बजेट तथा कार्यक्रमबाट वडा नं १ को स्वास्थ्य चौकीमा परीक्षण प्रयोगशाला, बर्थिङ सेन्टर र संघीय बजेट तथा कार्यक्रमबाट वडा नं २ मा २१ करोड रूपैयाँको लागतमा १५ शय्याको अस्पताल निर्माण गरिरहेको छ। रासस 


प्रकाशित : सोमबार, वैशाख २५ २०८०११:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend