बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

फिस्कल स्पेस छैन भनेर सरकारले भाग्न मिल्दैन, सिर्जनशील हुने हो भने विकल्प छन् : स्वर्णिम वाग्ले

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २५ २०८०
images
images
फिस्कल स्पेस छैन भनेर सरकारले भाग्न मिल्दैन, सिर्जनशील हुने हो भने विकल्प छन् : स्वर्णिम वाग्ले

वित्तीय तथा मौद्रिक क्षेत्रमा देखाएका खाडल पूरा गर्दै नेपाली कांग्रेसकै घोषणापत्र अनुसारका प्राथमिकता तय गर्न वाग्लेले अर्थमन्त्री प्रकाशशरण महतलाई सम्झाएका छन्। 

images
images

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले फिस्कल स्पेस नभएको भन्दै भाग्न नमिल्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद वाग्लेले अहिलेको अवस्थामा सरकारले स्पेस नभएको बहाना बनाएर मौद्रिक नीतिबाट मात्र काम गराउँछु भन्न नमिल्ने र त्यो गलत हुने बताएका हुन्। 

images
images
images

आगामी वर्षको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले भने, 'हिजोमात्र अर्थमन्त्रीले फिस्कल स्पेस छैन भनेर बोलेको कुरा सुनेँ। त्यो गलत हो। सरकारले अलिकति सिर्जनशीलता देखाउने हो भने थुप्रै विकल्प छन्।'

images
images

अर्थमन्त्री महतले बजेटबाट भन्दा वर्तमान अर्थतन्त्रको उद्दार मौद्रिकत नीतिबाट हुने बताउँदै आएका छन्। सिद्धान्त र प्राथमिकतामा पनि उनले सो कुरा उल्लेख गरेका छन्। तर वाग्लेले भने पहिलो प्राथमिकता फिस्कल नीतिबाटै परिचालन बढाउनेमा हुनुपर्ने बताए। 

images
images
images

‘संसारमा कयौँ मुलुक छन् जसले अहिले उदाउँदा वित्तीय उपकरण तथा विन्डोबाट लाभ लिइरहेका छन्। जलवायु वित्तकै उपकरण हुन सक्छन् जसबाट हामीले अहिलेसमम् लिन सकेका छैनौँ। यसमा सरकारले अलिकति मेहनत गर्दा पनि धेरै राहत हुन्छ’, उनले भने।

सिद्धान्त र प्राथमिकताको केन्द्रमा फराकिलो आर्थिक वृद्धि र स्थायित्व कायम गर्ने कुरा उल्लेख गरिएको छ। अहिलेको समयमा यस्तो कुरा उपयुक्त नभएको उनको भनाइ छ। 

अर्थतन्त्र संकटमा परेकोबेला फराकिलो आर्थिक वृद्धिदरको लक्ष्य राख्नु आफैमा सही नभएको उनले बताए। ‘आर्थिक वृद्धि र स्थायित्वको कुरा गरिरहेका छौँ जतिबेला अर्थतन्त्रले लय गुमाइरहेको छ। संकटमा परेको अर्थतन्त्र भएको बेला स्थिरताको कुरा सुहाउँदैन। वित्तीय, मौद्रिक खाडल छन्’ उनले भने। 

वित्तीय तथा मौद्रिक क्षेत्रमा देखाएका खाडल पूरा गर्दै नेपाली कांग्रेसकै घोषणापत्र अनुसारका प्राथमिकता तय गर्न वाग्लेले अर्थमन्त्री प्रकाशशरण महतलाई सम्झाएका छन्। 

‘अहिलेको अर्थतन्त्र सर्जरी गर्नुपर्ने अवस्थाको छ। यस्तोमा झारफुकले टार्न हुँदैन र सकिँदैन। यसका लागि नेपाली कांग्रेसकै घोषणापत्रमा जुन ओम्निशस सुधारको कुरा गरिएको छ सोहीअनुसार बजेट बनाउँदामात्र धेरै समाधान हुन्छ’, उनले भने। 


प्रकाशित : सोमबार, वैशाख २५ २०८००९:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend