बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

आर्थिक संकट निरन्तरको कुशासनको प्रतिफल हो : रवि लामिछाने 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २५ २०८०
images
images
आर्थिक संकट निरन्तरको कुशासनको प्रतिफल हो : रवि लामिछाने 

समस्या समाधानका लागि सरकारले कुनै पनि संकेत नदेखाएको कुरा प्रस्तुत सिद्धान्त र प्राथमिकताबाट देखिएको उनको भनाइ छ। 

images
images

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभाका सदस्य रवि लामिछानेले मुलुकमा देखिएको वर्तमान आर्थिक संकट विश्व परिवेशभन्दा पनि निरन्तरको कुशासनको प्रतिफल भएको बताएका छन्। 

images
images
images

सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै लामिछानेले निरन्तरको भ्रष्टाचार, करछली तथा समग्रमा कुशासनका कारणले संकट आएको बताएका हुन्। 

images
images

नेता तथा निर्माण व्यवसायीको मिलेमतोमा विकास निर्माण नहुने, लोकप्रियताका लागि पैसा बाँड्ने तर पुँजी निर्माणमा काम नहुँदा अहिलेको समस्या आएको उनले बताए। 

images
images
images

यस्ता समस्या समाधानका लागि सरकारले कुनै पनि संकेत नदेखाएको कुरा प्रस्तुत सिद्धान्त र प्राथमिकताबाट देखिएको उनको भनाइ छ। अहिलेको कठिन समयबाट मुलुकलाई पार लगाउनका लागि सरकारले पहल गर्न नसकेमा मुलुकमा गम्भीर संकट आउने उनले बताए।



प्रकाशित : सोमबार, वैशाख २५ २०८००७:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend