बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

बरु विदेशबाट ऋण र अनुदान ल्याउँ, भ्रष्टाचार अन्त्य गरौँ तर बजेट घटाउन हुँदैन : देवेन्द्र पौडेल 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २५ २०८०
images
images
बरु विदेशबाट ऋण र अनुदान ल्याउँ, भ्रष्टाचार अन्त्य गरौँ तर बजेट घटाउन हुँदैन : देवेन्द्र पौडेल 

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले शिक्षा र स्वास्थ्यमा खर्च बढाउनेगरि बजेट विनियोजन हुनुपर्ने बताए।

images
images

काठमाडौं- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले आगामी आर्थिक वर्षको बजेट चालु वर्षकोभन्दा घटाउन नहुने बताएका छन्। 

images
images
images

आजको प्रतिनिधिसभाको बैठकमा आगामी वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै  पौडेलले शिक्षा र स्वास्थ्यमा खर्च बढाउनेगरि बजेट विनियोजन हुनुपर्ने बताए।

images
images

अहिले पैसा छैन, त्यसैले बजेट सानो ल्याउनुपर्छ भन्ने जवाफ आइरहेकाले यस्तो गर्न नहुने उनको भनाइ छ। स्रोतको सम्भावनाको अधिक खोजी गरेर भए पनि सरकारले बजेटको आकार घटाउन नहुने उनको भनाइ छ। 

images
images
images

‘संसारका कयौँ देश ऋण लिएर पनि धनी भएका छन्। विदेशबाट अनुदान ल्याउँ। देशभित्र भ्रष्टाचार अन्त्य गरौँ। त्यसैबाट मात्र पनि १ खर्ब रकम आउँछ। यस्ता कयौँ सम्भावना छन् र यसबाट बजेटको आकार घटाउने होइन बढाउँ’, उनले भने। 

 


प्रकाशित : सोमबार, वैशाख २५ २०८००७:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend