आइतबार, भदौ २३ गते २०८१    
images
images

मध्य भोटेकोशीको पहिलो कारोबार कतिमा होला ?

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक १४ २०७८
images
images
मध्य भोटेकोशीको पहिलो कारोबार कतिमा होला ?

कम्पनीले अवको केहिदिन भित्रमा दोस्रो बजारमा कारोबारका लागि सूचिकृत गर्नेछ। दोस्रो बजारमा सूचिकृत हुने वित्तीकै कम्पनीले पहिलो कारोबारका लागि न्युनतम ९४.३९ रुपैयाँदेखि अधिकतम २८३.१७ रुपैयाँ पाउने देखिन्छ।

images
images

काठमाडौं- मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर निष्काशनको सम्पुर्ण प्रकृया पुरा भएको छ। कम्पनीले प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि छुट्टाइएको सेयर बाँडफाँड सम्पन्न भइसकेको छ।

images
images
images

कम्पनीले अवको केहिदिन भित्रमा दोस्रो बजारमा कारोबारका लागि सूचिकृत गर्नेछ। दोस्रो बजारमा सूचिकृत हुने वित्तीकै कम्पनीले पहिलो कारोबारका लागि न्युनतम ९४.३९ रुपैयाँदेखि अधिकतम २८३.१७ रुपैयाँ पाउने देखिन्छ।

बैंकको नेटवर्थका आधारमा पछिल्लो लेखापरिक्षण भएको वित्तीय विवरण अनुसार मध्य भोटेकोशीको प्रतिसेयर नेटवर्थ ९४.३९ रुपैयाँ रहेको छ। यसकैका आधारमा नेप्सेले पहिलो कारोबारको रेञ्ज प्रदान गर्नेछ।

कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ रहेको छ। यस मध्ये ५१ प्रतिशत संस्थापक शेयरधनीहरुको र ४९ प्रतिशत सर्वसाधारण समुहको रहेको छ।

images

सर्वसाधारण समुह तर्फ कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चय गर्ने संचयकर्ता कर्मचारीको १९.५ प्रतिशत, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको ३.५ प्रतिशत, ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीहरुको एक प्रतिशत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि १० प्रतिशत र कर्मचारी तथा सर्वसाधारणहरुको लागि १५ प्रतिशत निष्काशन गरि बाँडफाँड समेत भइसकेको छ।

पहिलो चरणमा प्राथमिक सेयर बाँडफाँड पछि कायम भएका ८ लाख १९ हजार सर्वसाधारण लगानीकर्ताले शेयर खरिद बिक्री गर्न पाउने छन्। अन्यको हकमा भने लकिङ पिरियड तोकिएको छ।


प्रकाशित : आइतबार, कात्तिक १४ २०७८०४:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend