काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले लिमिटेडले ८ सय ३६ जना भन्दा बढीका लागि जागिर खुला गरेको छ। बैकले विभिन्न पदमा खुला प्रतिस्प्रर्धाका लागि आइतबार सूचना प्रकाशन गरेको छ।
बैंकले अनललाइन आवेदन दिनुपर्नेगरी ३५ दिने सूचना प्रकाशन गरेको हो। बैंकका देशभर शाखाका लागि उक्त आवेदन खुलाइएको जनाएको छ। गोरखापत्र दैनिकमा सूचना निकाल्दै बैंकले आवेदश शुल्क समेत अनलाइन पेमेन्ट गर्नुपर्ने जनाएको छ।