शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

१० वर्षमा पनि सकिएन बागमती करिडोरको काम, सुरू र अन्तिम बिन्दुमा निर्माण सुरू हुन बाँकी

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २४ २०८०
images
१० वर्षमा पनि सकिएन बागमती करिडोरको काम,  सुरू र अन्तिम बिन्दुमा निर्माण सुरू हुन बाँकी

सुरू बिन्दुमा पर्ने गोकर्णबाट सुन्दरीजलसम्म खुल्न बाँकी छ। यो खण्डको लम्बाइ झण्डै आठ किमी छ।

images
images

काठमाडौं- निर्माण सुरू भएको साढे दुई दशक बित्दा पनि बागमती करिडोर सडक सुरूको बिन्दु र अन्तिम बिन्दुमा ट्र्याक खोल्न बाँकी रहेको छ।

images
images
images

काठमाडौंको उत्तर पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी क्षेत्रसम्म पुर्‍याउने सो करिडोर सडक सुरू बिन्दुमा पर्ने गोकर्णबाट सुन्दरीजलसम्म खुल्न बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। यो खण्डको लम्बाइ झण्डै आठ किमी छ। नदीको क्षेत्र २० मिटर रहेकामा अहिले २०/२० मिटर क्षेत्रमा जग्गा व्यक्तिका नाममा रहेकाले जग्गा किनबेच भइरहेको समितिका सूचना अधिकारी इन्जिनियर कमल अर्यालले बताए।

images
images

त्यस ठाउँमा जग्गा प्राप्त गर्न काठमाडौं उपत्यका नयाँ सहर आयोजनाले एक लाख रोपनीमा नयाँ सहर बनाउन लागेको उनले बताए। उनले भने, 'त्यहाँभित्रबाट जग्गा निकालेर सडक बनाउने योजना छ ।'

images
images

गोकर्णबाट गुहेश्वरीसम्म दुवैतर्फको सडक खुलिसकेको छ। गुहेश्वरी मन्दिरबाट तिलगंगासम्म पशुपति क्षेत्र रहेको छ। तिलगंगाबाट जाँदा गाडी चले पनि सडक कच्ची रहेको इन्जिनियर अर्यालले बताए।

सडक निर्माणमा समस्या नभएको ठाउँमा खुलिसकेको भए पनि अरु निकायले काम गर्छु भनेका ठाउँमा काम हुन नसकेको जनाइएको छ। गोठाटार पुलबाट गुहेश्वरीसम्मको सडक प्रदेश सरकारले निर्माण गर्ने भने पनि बनिसकेको छैन। नदी किनारमा समितिले नै सबै किसिमका काम एकसाथ अघि बढाइरहेको छ।

करिडोर सडक निर्माणसँगै नदीको दुवैतर्फ ढल निर्माण, विभिन्न स्थानमा बाँध, किनारमा रहेका मठ, मन्दिरको पुनःनिर्माण, फोहर पानी प्रशोधन केन्द्रको निर्माण अघि बढिरहेको बताइएको छ।

बागमती करिडोर निर्माणको कार्यक्षेत्र काठमाडौंको बागद्वारबाट कटुवाल दहसम्म छ। जम्मा ४४ किमी यसको लम्बाइ रहेको छ। अन्तिम बिन्दुतर्फ जान अहिले ट्र्याक खोलेर मोर्डन इन्डियन स्कुलसम्म पुगिएको उनले बताए। खासगरी काठमाडौं उपत्यकाका मुख्य सडकमा रहेको जाम कम गर्ने उद्देश्यले करिडोर सडक निर्माण सुरू गरिएको थियो। 

बागद्वारबाट कटुवाद दहसम्म दुवैतर्फ जान नसक्ने गरी नहुँदा लक्ष्य पूरा नहुने इन्जिनियर अर्यालले बताए। यसलाई निरन्तर जाने गरी बनाउनुपर्ने उनको भनाइ छ। काठमाडौं उपत्यकामा रहेका सानाठूला धेरै खोलामा करिडोर निर्माणको काम अघि बढाइएको छ। कतै समिति त कतै काठमाडौं उपत्यका नगर विकास प्राधिकरण र कतै डिभिजन सडक कार्यालयले करिडोर सडकमा निर्माण गरिरहेका छन्। रासस 


प्रकाशित : आइतबार, वैशाख २४ २०८०१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend